ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरेक निर्वाचनमा नेतृत्व वरपर घुमिरहनेले मार्छन टिकटको बाजी (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र ३१, २०७९ शुक्रबार  ११ : १७ बजे

काठमाडौं, ३१ भदौ । देशका राजनीतिक दलहरुले आगामी चुनावका लागि उम्मेदवार छनौटका मापदण्ड बनाएका छन् । दलहरुले पार्टीको नीति, आन्दोलनप्रति समर्पित, जनतामा स्थापित एवम् विजयको सुनिश्चित भएका व्यक्तित्वहरु उम्मेदवार छनोट हुने बताउने गरेका छन् । तथापि, श्रोत, शक्तिमा पहुँच भएका र नेतृत्व वरीपरी रहनेहरुले नै बढी टिकट पाउने अभ्यास निरन्तर चल्दै आएको छ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कानुनी रुपमा निर्वाचन आयोगले पनि उम्मेदवार छनोट गर्दा संविधान बमोजिम हुने गरी गर्न निर्देशन दिदै आएको छ । सो बमोजिम दलहरुले नेतृत्व चयन आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिम, अल्पसंख्यक, दलित, पिछडिएको वर्ग एवम् क्षेत्रको प्रतिनिधित्व गर्नुपर्दछ । यससँगै उम्मेदवार छनोटमा दलहरुको आफ्नै मापदण्ड पनि रहने गर्दछ । नेपाली कांग्रेसको बुधबार बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले समानुपातिकतर्फको उम्मेदवारसम्बन्धी चार बुँदे मापदण्ड तय ग¥यो । जसअनुरुप, कांग्रेसको स्थानीय निर्वाचनमा कुनै पनि पदमा भएका उम्मेदवार आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् ।

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार बन्न पाउने छैन । व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान र पार्टीलाई लोकप्रिय मत थप गर्नसक्ने अर्को आधार कांग्रेसले बनाएको छ । यसैगरी सम्बन्धित निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवार छनौट गर्ने एवम् जातिय लैङ्गिक समावेशीताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन र उमेर समूहको सन्तुलन गरिने कांग्रेसले जनाएको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवार छनोटको मापदण्डमा आन्दोलनमा दिएको योगदान, पार्टीप्रतिको निष्ठा, लोकप्रियता, संविधानअनुरुप सन्तुलन एवम् समावेशीको सिद्धान्त तय गरेको छ । एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा गठन भएको स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेको छानबिन समितिको प्रतिवेदन उपर पनि छलफल ग¥यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सधैं सानो घेराको सल्लाह, सुझाव लिने गरेको, पार्टीलाई विधि, विधान अनुरुप नेतृत्व नगरेको आरोप लाग्दै आएको छ । आगामी निर्वाचनमा पार्टीमा फरक मत राख्नेप्रति यो पटक पनि ओली उदार देखिएनन् । बरु, एमाले स्थायी समिति सदस्य घनश्याम भुषाल रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ र ३ बाट सिफारिस भएपछि ओली असन्तुष्ट भएको कुरा बाहिर आयो । यद्दपि, पाँच दलीय सत्ता गठबन्धनमा जस्तो सबै दललाई चित्त बुझाउनुपर्ने बाध्यता एमालेमा छैन । तरपनि, नेतृत्व वरपर घुमिरहनेले फेरी पनि टिकटको बाजी मार्नु राजनीतिक दलमा कुनै नौलो कुरा भने होइन ।

सत्ता सहयात्री नेकपा माओवादी केन्द्रको पछिल्लो पदाधिकारी बैठकले समानुपातितर्फको उम्मेदवारको बन्दसूची तयार गर्न पार्टी प्रदेशहरुले भदौ ३० गतेभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर अन्तिम सूची पेश गर्न निर्देशन दियो । अन्तरिम व्यवस्थापिका बाहेक अरु समयमा समानुपातिक सदस्य भएकलाई नदोहो¥याउन, स्थानीय निर्वाचनमा प्रतिस्पर्धी भएकालाई प्राथमिकता नदिने माओवादी केन्द्रले जनाएको छ । आगामी निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार आगामी गठबन्धनमा टुंगो लगाउने भन्दै बैठक सकारात्मकरुपमा अघि बढेको माओवादी पदाधिकारीबीच छलफल भएको छ । त्यसो त, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा देश चलाउने चाबी जनताले माओवादीको हातमा दिने दाबी गरेका छन् । उनले वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने गरी अघि बढ्न पार्टीपंक्तिमा आव्हान गर्दै आएका छन् ।

यस्तै, एकीकृत समाजवादीले आगामी निर्वाचनमा उम्मेदवारका लागि मुख्य ७ मापदण्ड तय गरेको छ । समाजवादीले प्रतिगमनविरुद्धको विद्रोहमा सक्रिय भूमिका खेलेको एवम् पार्टी पुनर्गठनमा योगदान पु¥याएकोलाई प्राथमिकतामा राख्ने जनाएको छ । आर्थिक एवम् नैतिक आचरण राम्रो भएको, स्वच्छ छवि, सुशासनको पक्षपाती, पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध एवम् समावेशीताको सिद्धान्त विपरीत नहुने लगायतमा मापदण्ड समाजवादीको छ । सरकारमा सहभागी दल समाजवादीमा मन्त्रि हेरफेरको विषयमा पार्टी निर्देशन कार्यान्वयन निकै चुनौतीपूर्ण बन्यो । आगामी चुनावमा पनि टिकट बाँडफाँटमा जटिलता भएको अध्यक्ष माधवकुमार नेपालले बताए । उनले योग्यता र क्षमता नभएकाहरुले समेत टिकटको लागि धाउने गरेकोप्रति गुनासो व्यक्त गरे ।

जनता समाजवादी पार्टीले पनि आगामी निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । जसपाले पार्टीको समितिमा संगठित र सक्रिय रहेको, सामाजिक जनकार्यमा समर्पित, विजय हासिल गर्नसक्ने सम्भावना रहेको, सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिती बुझेको, सुशासन प्रत्याभूत गर्नसक्ने जस मापदण्ड तय गरेको छ । यतिबेला नेताहरुको निवासमा टिकटका लागि दबाब दिनेहरुको घुँइचो छ । दल अदलबदल गर्ने, पार्टी त्यागेर अर्को पार्टी प्रवेश गर्नेहरुको लहर बढ्दो छ । फेरी पनि दलहरु, शक्ति, श्रोत र पहुँचको आधारमा टिकट लेनदेनको दाउमा छन् । यसर्थ, उम्मेदवार छनौ६को मापदण्ड भने औपचारिकतामै सिमित हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com