ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरेक निर्वाचनमा नेतृत्व वरपर घुमिरहनेले मार्छन टिकटको बाजी (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ३१ भदौ । देशका राजनीतिक दलहरुले आगामी चुनावका लागि उम्मेदवार छनौटका मापदण्ड बनाएका छन् । दलहरुले पार्टीको नीति, आन्दोलनप्रति समर्पित, जनतामा स्थापित एवम् विजयको सुनिश्चित भएका व्यक्तित्वहरु उम्मेदवार छनोट हुने बताउने गरेका छन् । तथापि, श्रोत, शक्तिमा पहुँच भएका र नेतृत्व वरीपरी रहनेहरुले नै बढी टिकट पाउने अभ्यास निरन्तर चल्दै आएको छ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कानुनी रुपमा निर्वाचन आयोगले पनि उम्मेदवार छनोट गर्दा संविधान बमोजिम हुने गरी गर्न निर्देशन दिदै आएको छ । सो बमोजिम दलहरुले नेतृत्व चयन आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिम, अल्पसंख्यक, दलित, पिछडिएको वर्ग एवम् क्षेत्रको प्रतिनिधित्व गर्नुपर्दछ । यससँगै उम्मेदवार छनोटमा दलहरुको आफ्नै मापदण्ड पनि रहने गर्दछ । नेपाली कांग्रेसको बुधबार बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले समानुपातिकतर्फको उम्मेदवारसम्बन्धी चार बुँदे मापदण्ड तय ग¥यो । जसअनुरुप, कांग्रेसको स्थानीय निर्वाचनमा कुनै पनि पदमा भएका उम्मेदवार आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् ।

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार बन्न पाउने छैन । व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान र पार्टीलाई लोकप्रिय मत थप गर्नसक्ने अर्को आधार कांग्रेसले बनाएको छ । यसैगरी सम्बन्धित निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवार छनौट गर्ने एवम् जातिय लैङ्गिक समावेशीताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन र उमेर समूहको सन्तुलन गरिने कांग्रेसले जनाएको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवार छनोटको मापदण्डमा आन्दोलनमा दिएको योगदान, पार्टीप्रतिको निष्ठा, लोकप्रियता, संविधानअनुरुप सन्तुलन एवम् समावेशीको सिद्धान्त तय गरेको छ । एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा गठन भएको स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेको छानबिन समितिको प्रतिवेदन उपर पनि छलफल ग¥यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सधैं सानो घेराको सल्लाह, सुझाव लिने गरेको, पार्टीलाई विधि, विधान अनुरुप नेतृत्व नगरेको आरोप लाग्दै आएको छ । आगामी निर्वाचनमा पार्टीमा फरक मत राख्नेप्रति यो पटक पनि ओली उदार देखिएनन् । बरु, एमाले स्थायी समिति सदस्य घनश्याम भुषाल रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ र ३ बाट सिफारिस भएपछि ओली असन्तुष्ट भएको कुरा बाहिर आयो । यद्दपि, पाँच दलीय सत्ता गठबन्धनमा जस्तो सबै दललाई चित्त बुझाउनुपर्ने बाध्यता एमालेमा छैन । तरपनि, नेतृत्व वरपर घुमिरहनेले फेरी पनि टिकटको बाजी मार्नु राजनीतिक दलमा कुनै नौलो कुरा भने होइन ।

सत्ता सहयात्री नेकपा माओवादी केन्द्रको पछिल्लो पदाधिकारी बैठकले समानुपातितर्फको उम्मेदवारको बन्दसूची तयार गर्न पार्टी प्रदेशहरुले भदौ ३० गतेभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर अन्तिम सूची पेश गर्न निर्देशन दियो । अन्तरिम व्यवस्थापिका बाहेक अरु समयमा समानुपातिक सदस्य भएकलाई नदोहो¥याउन, स्थानीय निर्वाचनमा प्रतिस्पर्धी भएकालाई प्राथमिकता नदिने माओवादी केन्द्रले जनाएको छ । आगामी निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार आगामी गठबन्धनमा टुंगो लगाउने भन्दै बैठक सकारात्मकरुपमा अघि बढेको माओवादी पदाधिकारीबीच छलफल भएको छ । त्यसो त, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा देश चलाउने चाबी जनताले माओवादीको हातमा दिने दाबी गरेका छन् । उनले वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने गरी अघि बढ्न पार्टीपंक्तिमा आव्हान गर्दै आएका छन् ।

यस्तै, एकीकृत समाजवादीले आगामी निर्वाचनमा उम्मेदवारका लागि मुख्य ७ मापदण्ड तय गरेको छ । समाजवादीले प्रतिगमनविरुद्धको विद्रोहमा सक्रिय भूमिका खेलेको एवम् पार्टी पुनर्गठनमा योगदान पु¥याएकोलाई प्राथमिकतामा राख्ने जनाएको छ । आर्थिक एवम् नैतिक आचरण राम्रो भएको, स्वच्छ छवि, सुशासनको पक्षपाती, पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध एवम् समावेशीताको सिद्धान्त विपरीत नहुने लगायतमा मापदण्ड समाजवादीको छ । सरकारमा सहभागी दल समाजवादीमा मन्त्रि हेरफेरको विषयमा पार्टी निर्देशन कार्यान्वयन निकै चुनौतीपूर्ण बन्यो । आगामी चुनावमा पनि टिकट बाँडफाँटमा जटिलता भएको अध्यक्ष माधवकुमार नेपालले बताए । उनले योग्यता र क्षमता नभएकाहरुले समेत टिकटको लागि धाउने गरेकोप्रति गुनासो व्यक्त गरे ।

जनता समाजवादी पार्टीले पनि आगामी निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । जसपाले पार्टीको समितिमा संगठित र सक्रिय रहेको, सामाजिक जनकार्यमा समर्पित, विजय हासिल गर्नसक्ने सम्भावना रहेको, सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिती बुझेको, सुशासन प्रत्याभूत गर्नसक्ने जस मापदण्ड तय गरेको छ । यतिबेला नेताहरुको निवासमा टिकटका लागि दबाब दिनेहरुको घुँइचो छ । दल अदलबदल गर्ने, पार्टी त्यागेर अर्को पार्टी प्रवेश गर्नेहरुको लहर बढ्दो छ । फेरी पनि दलहरु, शक्ति, श्रोत र पहुँचको आधारमा टिकट लेनदेनको दाउमा छन् । यसर्थ, उम्मेदवार छनौ६को मापदण्ड भने औपचारिकतामै सिमित हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेले छाडे सरकारी निवास

काठमाडौं, १३ माघ । निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै

रवि लामिछानेमाथि ‘झुटो विवरण’मा कारबाही हुनसक्ने

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेमाथि झुटो विवरण बुझाएर सार्वजनिक लाभको पदमा पुगेको अभियोगमा कारबाही हुनसक्ने कानून व्यवसायीले बताएका छन्। पुस ११ गते पद

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा

काठमाडौं, १३ माघ, । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।उनका प्रेस संयोजक नवराज

सम्बन्धित

रवि लामिछानेले छाडे सरकारी निवास

रवि लामिछानेमाथि ‘झुटो विवरण’मा कारबाही हुनसक्ने

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजीनामा

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com