ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताले देश चलाउने चाबी फेरि पनि माओवादीलाई नै दिँदैछन् : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
भाद्र ३०, २०७९ बिहीबार  ११ : १९ बजे

काठमाडौं, ३० भदौ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताएका छन् ।

पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनावबाट जनताले पुनः माओवादीलाई नै मुख्य र निर्णायक शक्ति बनाउन लागेको दाबी गरेका हुन् ।

‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् । देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’ प्रचण्डले तर, नेता कार्यकर्ताहरुलाई सचेत गराउँदै भने, ‘त्यसका लागि एकतावद्ध भएर जनताको बीचमा जान भने आवश्यक छ । अनि मात्र देशको एक नम्वर कम्युनिष्ट पार्टी बन्नसक्छौं ।’

प्रचण्डले स्थानीय चुनावमा पार्टीभित्र र गठबन्धनबाट प्राप्त शिक्षा र अनुभवसहित मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावको तयारीमा लाग्नुपर्ने बताए । उनले स्थानीय निर्वाचनमा पार्टी भित्रकै अन्तर्घातका कारण जित्नुपर्ने स्थानमा पनि हारेको बताउँदै स्वार्थका कारण उम्मेदवारहरुले सहयोग नपाएको स्मरण गरे । उनले टिकट पाउने उम्मेदवार व्यक्ति मात्र नभई त्यो पार्टी हुने बताउँदै टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्ने स्पष्ट पारे । प्रचण्डले पार्टीका नेता९कार्यकर्ताहरुलाई पनि पार्टीलाई बलियो बनाउन मिहिनेत गर्न सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com