ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चका न्यायाधीशहरू चोलेन्द्रशमशेरविरूद्ध बयान दिन संसदीय समितिमा नजाने


एबीसी / संवाददाता
भाद्र २९, २०७९ बुधबार  ६ : २३ बजे

काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतका न्यायाधीशहरू संसदको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने भएका छन्। बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले न्यायाधीशहरू समितिमा बयान दिन नजाने निर्णय गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आजको बैठकले उक्त निर्णय गरेको हो।यसअघि आजै समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आरोप लगाएका सर्वोच्चका न्यायाधीशहरूलाई पनि बयानमा बोलाउने निर्णय गरेको थियो।

उनीहरूलाई समितिले चिठीसमेत काटिसकेको थियो। संसद पुनर्स्थापनाको फैसला गर्ने इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई थिए।समितिमा बयान दिने क्रममा राणाले सर्वोच्चका अन्य न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतलाई पनि नाम नै किटेर आरोप लगाएका थिए। सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायण पन्थीले न्यायाधीशहरू उपस्थित नहुने निर्णय भएको भन्दै संघीय संसद सचिवालयलाई सम्बोधन गरेर आजै चिठी पठाइसकेका छन्।

समितिको चिठी आएपछि बसेको बैठकको निर्णयमा भनिएको छ – महअभियोगस सम्बन्धी कारवाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधी शले उपरोक्त लेखि आए अनुसार महाअभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवालल जवाफ गरिनु स्वतन्त्र न्यायपालिका शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगीकार गरेका मान्यताहरू समेतका कुनैपनि दृष्टीले संविधानसम्मत, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोहीपनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले सोही बेहोराको जानकारी महाअभियोग सिफारिस समितिमा लेखि पठाउनु।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com