ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा आगामी संघ र प्रदेशको चुनावी रौनक , यस्तो छ अड्कल बाजी (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र २९, २०७९ बुधबार  ३ : ०५ बजे

काठमाडौं, २९ भदौ । गण्डकी प्रदेशमा आगामी संघ र प्रदेशको चुनावी रौनक बढेको छ । गण्डकी प्रदेश अन्तर्गत गोरखामा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच हुने प्रतिस्पर्धा रोचकरुपमा हेरिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि माओवादी केन्द्रका महासचिव देव गुरुङदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडल लगायतका प्रभावशाली नेताहरु गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दछन् । गण्डकी प्रदेश अन्तर्गत पूर्व माओवादी नेता एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नंं. २ बाट चुनाव लड्दैछन् । मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा साझा चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति भट्टराई नेतृत्वको नेसपा र नेकपा माओवादी केन्द्रबीच भइसकेको छ ।

यही अवस्थामा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा २ बाट सिफारिस भएका छन् । गोरखा १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हालका सांसद हरिराज अधिकारी र सुशीला सिंखडाको नाम सिफारिस भएको छ । यद्दपि, प्रचण्ड चितवन ३ बाट चुनाव लड्दैछन् । माओवादी महासचिव देव गुरुङ लमजुङबाट पुनः सिफारिस छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नंं. १ बाट चुनाव लड्दैछन् । यसैगरी, कांग्रेसका अर्का नेता शंकर भण्डारी पनि तनहुँ १ बाट चुनाव लड्दैछन् । यसअघि पौडेल तनहुँ १ बाट र नेता भण्डारी तनहुँ २ बाट पराजित भएका थिए । कांग्रेसका कृष्ण सिटौला निकट मानिने युवा नेता प्रदीप पौडेल तनहुँ क्षेत्र नं. २ बाट चुनाव लड्दैछन् । यसैगरी, नेकपा एकीकृत समाजवादीले तनहुँ १ मा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठसहित प्रतापलाल श्रेष्ठ र हालका सांसद कलिला खातुनको नाम सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट तनहुँ १ मा एकबहादुर राना पतिस्पर्धी छन् । तनहुँमा सत्ता गठबन्धनका दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

एमालेले कास्की २ मा हालका सांसद विद्या भट्टराईसहित चार जनाको नाम सिफारिस गरेको छ । यसअघि २०७४ सालमा एमालेका रविन्द्र अधिकारी निर्वाचित भएका थिए । अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा अधिकारीकी धर्मपत्नी भट्टराई विजयी भएकी थिइन् । पूर्व गृहमन्त्री समेत रहेका एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की १ बाट सिफारिस छन् । कांग्रेसले मनाङको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ । कांग्रेसले यो पटक चर्चामा आइरहने सांसद दीपक मनाङेलाई प्रदेशसभा सदस्यमा समर्थन जनाउने भएको छ ।

एमालेले नवलपुर २ बाट तिलक महत, म्याग्दीमा हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बागलुङबाट २०७४ मा माओवादीबाट हालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एमालेबाट मनकुमारी जीसी र सूर्यप्रसाद पाठक विजयी भएका थिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ का उम्मेदवार छन् । चुनाव लड्दैछन् । यसैगरी, पर्वतमा कांग्रेसका लालकाजी गुरुङ, नवलपुरमा कांग्रेसका सत्य नारायण शर्मा खनाल र पूर्वमन्त्री थममाया थापा म्याग्दीबाट हाल सांसद छन् । एमालेले स्याङ्जा क्षेत्र नं. २ बाट पूर्वमन्त्री पद्मा कुमारी अर्याल उम्मेदवार बनाएको छ । यससँगै स्याङ्जाको चुनावी सरगर्मी थप बढ्दो छ । कम्युनिष्ट पार्टीहरु बलियो देखिएको गण्डकी प्रदेशमा यो पटक भने एमाले विभाजनको असर पर्न सक्नेछ । पाँच दलीय सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुनेहुँदा तुलनात्मकरुपमा यसको बढी असर एमालेमा पर्ने अनुमान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com