ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लीको नेपालमा उच्चस्तरीय भेटवार्ता के कस्ता छन् ( भिडियोसहित)


एबीसी / संवाददाता

६७ सदस्यीय प्रतिनिधिमण्डलसहित चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले मंगलबार उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन् । अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसंग शीर्षस्थ भेटवार्ता गरेका छन् ।

सभामुख अग्नीप्रसाद सापकोटाको निमन्त्रणामासोमबार नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुलले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्षस्थसंग उच्चस्तरीय भेटवार्ता गरेका छन् । यस्तै, बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष ली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम रहेको बताइएको छ । यसअघि सोमबार सभामुख अग्निप्रसाद सापकोटासंग द्विपक्षीय वार्ता भएको थियो । भेटमा नेपाल र चीनविच शान्ती स्थापना, विकास र स्थायीत्वका विषयका द्वीपक्षीय वार्ता हुनुका साथै दुई देशबीच उत्कृष्ट सम्बन्ध र आपसी सहयोग रहेको चर्चा भएको छ ।

चीनले स्वशासित क्षेत्र तिब्बतमा कोरोना महामारीका कारण रोकिएका सबै कन्टेनर दसै“अघि नै नेपाल आउन दिने आश्वासन दिएको छ । अध्यक्ष ली झाङ्सुले सभामुख अग्निप्रसाद सापकोटासंग सोमबार भएको औपचारिक वार्तामा रोकिएका सबै कन्टेनर नेपाल पठाइदिने आश्वासन दिएका छन् । नेपाली व्यापारीले सडकमार्गबाट ल्याउ“दै गरेका सामान बोकेका कन्टेनर चीन नाकामा रोकिएका छन् । नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत यसका लागि प्रयास गर्दै आएको थियो । तैपनि चिनिया पक्षले यसलाई सम्बोधन गरेको थिएन । सभामुख सापकोटाले औपचारिक वार्तामा सीमानाका र तिब्बतका विभिन्न ठाउँमा रोकिएका कन्टेनर पठाइदिन आग्रह गरेपछि जनकंग्रेस अध्यक्ष लीले सकारात्मक जवाफ दिएका छन् । नेपाल पक्षले चीनसग बढ्दो व्यापारघाटा अन्त्य गर्न सहयोग गर्नुपर्नेमा जोड दिएको थियो ।

यसमा चीन पक्षले नेपालको आवश्यकता सम्बोधन गर्ने उपयुक्त उपाय अपनाउने आश्वासन दिएको छ । सभामुख सापकोटाले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएका छन् । अध्यक्ष लीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताका लागि चीनको समर्थन निरन्तर रहने आश्वासन दिए  । अध्यक्ष लीले नेपालमा आसन्न संघीय संसद् र प्रदेश सभाको निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । नेपाल र छिमेकी चीनका संसद्बीच न्यूनतम पाच वर्षका लागि सोमबार ‘अन्तर्संसदीय सहयोग’सम्बन्धी ६बु“दे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख सापकोटा र अध्यक्ष ली झाङ्सुबीच संघीय संसद्भवन नया“ वानेश्वरमा भएको औपचारिक वार्तापछि समझदारी भएको हो । दुई सभामुखले विगतमा दुई देशबीच भएका बिआरआई कार्यान्वयनका लागि सहजीकरण गर्ने र एक–अर्काको मूल हित र सरोकारका विषयमा साथ दिने वचनबद्धता जनाएका छन् । तीन पृष्ठ लामो समझदारीपत्रमा सभामुख सापकोटा र अध्यक्ष लीले हस्ताक्षर गरेका छन् ।

उनीहरूबीच बिआरआईअन्तर्गत सहयोगसम्बन्धी समझदारीलाई अन्तरहिमालय बहुआयामिक अन्तरआबद्धता सञ्जालको खाकाअन्तर्गत विभिन्न क्षेत्रमा अन्तरआबद्धता अभिवृद्धि गर्ने पनि सहमति भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका उपनेता, प्रमुख सचेतकसहित सहभागी प्रतिनिधिमण्डलस्तरीय वार्तामा सभामुख सापकोटाले एक चीन नीतिप्रति नेपाल र नेपाली जनताका तर्फबाट प्रतिबद्धता दोहो¥याएका थिए । भेटमा एमाले अध्यक्ष ओलीले पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् । उनले बीआरआई, यातायात तथा पारवपहन सम्झौता लगायतको कार्यान्वयनमा समेत जोड दिएका छन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालका प्राथमिकता प्राप्त क्षेत्रका ठूला परियोजनामा लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

प्रचण्डले पनि नेपालमा दसैं, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह पनि गरेका छन् । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरेका छन् । चीनका लागि नेपाली पूर्व राजदुत लिलामणी पौडेलले लामो समयको अन्तरालपछि बढ्न थालेको चीन र नेपालवीचको भ्रमण पछिल्लो समय बढ्नुलाई सकारात्मक लिनुपर्ने बताए । कोरोना महामारीको समयमा सबैभन्दा बढी स्वास्थ्य सहायता दिने मुलुक नै चीन भएको बताउदै उनले महामारीपछिको पुनरुत्थान तथा नेपालका अन्य विकास प्राथमिकताहरूमा थप चिनिया सहयोग हुने विश्वासका रुपमा यस भ्रमणलाई लिनुपर्ने बताए । सका साथै आपसी विश्वास सुदृढ र विकास गर्न एक–अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न एक–अर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकासपथको सम्मान गर्न तथा एक–अर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन दुबै मुलुकले सोच्नु पर्ने उनले बताए ।

यता अध्यक्ष ली चान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । शीर्ष नेताहरुसग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राखेका हुन् । यद्यपि उनीहरूले संसदीय मैत्री समूहबीच आपसमा सहकार्यका लागि सहजीकरण गर्ने वचनबद्धता जनाएका छन् । नेपालमा संसदीय र प्रादेशिक निर्वाचन घोषणापछि भ्रमण गर्ने ली पहिलो र सबैभन्दा उच्च चिनिया“ नेता हुन्  । चिनिया राष्ट्रपति सी जिनपिङले ०७६ असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेपछिको यो सबैभन्दा उच्चस्तरीय चिनिया“ प्रतिनिधिमण्डल हो । कोरोना महामारी र नेपालको आन्तरिक राजनितिक किचलोका कारण पनि २०२० भन्दापछि हुन नसकेको भेटघाट पछिल्लो समय बाक्लीनु नेपालको आगामी संघीय निर्वाचन लक्षित भएको पनि राजनितिक विश्लेषकहरु बताउछन् । उद्देश्य जे भएपनि यस भ्रमणबाट नेपालको शान्ती, विकास र सम्बृद्धिका लागि टेवा पुग्ने समग्र अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com