ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्षपछि परराष्ट्र सचिवस्तरमा वार्ता : गहुँ, चिनी, धान र चामल निर्यात प्रतिबन्ध हटाउन नेपालको आग्रह


एबीसी / संवाददाता

काठमाडौं, २९ भदौ ।नेपाल र भारतका परराष्ट्र सचिवबीचबीच पारवहन सन्धि र त्यसको प्रोटोकललाई चाँडै टुंग्याउनेबारे छलफल भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा उक्त छलफल भएको हो।

त्यसैगरी व्यापार सन्धिलाई नवीकरण गर्न आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पनि दुई परराष्ट्र सचिवबीच छलफल भएको छ। आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौमा नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक बस्दै छ। यदि भारतीय पक्ष सहमत भएमा उक्त बैठकमा पारवहन सन्धि र त्यसको प्रोटोकल टुंगिने सम्भावना रहेको सरकारी अधिकारीहरुले बताए। वाणिज्य सचिवस्तरीय बैठकअघि सहसचिवस्तरीय बैठक बस्नेछ। नेपाल र भारतबीच पारवहन सन्धि हरेक सात वर्षमा दुवै पक्षको सहमतिमा नवीकरण हुँदै आएको छ। दुवै पक्षको संशोधन नभएमा सन्धि स्वतः नवीकरण हुन्छ। पछिल्लोपटक उक्त सन्धि सन् २०१३ मा नवीकरण भएको थियो। सन् २०२० जनवरीमा उक्त सन्धिको अवधि सकिए पनि त्यसबेला स्वतः नवीकरण भयो।

सन्धिको म्याद अझै ४ वर्ष बाँकी भए पनि नेपालले पुनरवलोकन गर्न चाहेको छ। यदि भारतले सहमति जनाए सन्धि चाँडै पुनरवलोकन भई हस्ताक्षर हुनेछ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार मंगलबार भएको भेटवार्तामा नेपाल र भारतबीच हालै भएका उच्चस्तरीय भ्रमणका क्रममा भएका बिभिन्न सहमतिको कार्यान्वयन समीक्षा भएको छ। बैठकमा नेपालले सीमा समस्याबारे पनि कुरा उठाएको छ। नेपाली दूतावासका अनुसार स्थापित संयन्त्रद्वारा सीमा समस्या हल गर्ने सहमति दुई पक्षबीच भएको छ। नेपाल र भारतबीच कालापानीलगायत क्षेत्रमा देखिएको सीमा विवाद समाधान भएको छैन। वर्षौँदेखि भारतीय सैनिक नेपालको कालापानी क्षेत्र कब्जा गरेर बसेका छन्। दुवै देशले कालापानीलाई आफ्ना राजनीतिक नक्सामा समेटेका अवस्था छ।सन् २०१९ नोभेम्बरमा भारतले नेपाली भूमि कालापानीलाई राजनीतिक नक्सामा अद्यावधिक गरेपछि त्यसको ६ महिनापछि नेपालले राजनीतिक नक्सा जारी गरेको थियो। त्यसयता नेपालले द्विपक्षीय संयन्त्रमार्फत सीमा समस्या हल गर्न भारतलाई आग्रह गर्दै आएको छ। नेपालले सन् २०१९ नोभेम्बर यता कम्तीमा चारपटक पत्र लेखेर भारतलाई सीमा वार्ताका लागि आग्रह गरेको थियो। तर भारतले सीमा वार्तामा चासो दिएन।

अहिले फेरी परराष्ट्र सचिवको तहमा सीमाको विषयमा छलफल भए पनि कुनै सहमति पनि हुन सकेको छैन। परराष्ट्र सचिवस्तरीय बैठकमा नेपालले भारतलाई गहुँ, चिनी, धान र चामल निर्यातमा लागेको प्रतिबन्ध हटाउन आग्रह गरेको छ। त्यसैगरी कृषि मल चाँडै उपलब्ध गराउन पनि नेपालले भारतलाई आग्रह गरेको छ। नेपाल र भारतका परराष्ट्र सचिवबीच संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्नेबारे पनि छलफल भएको छ। भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को पुनर्संरचनामा जोड दिंदै आएको छ।

जसअनुसार भारत राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य बन्न चाहन्छ। नेपालले भारतको उक्त प्रयासमा केही वर्षयता समर्थन गदै आएको छ। यद्यपि हालका राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्यबीच ठोस सहमति नभएसम्म भारत तथा अन्य केही देशको राष्ट्रसंघ सुरक्षा परिषद् स्थायी सदस्य बन्ने चाहना पूरा हुनेछैन। नेपाल र भारतबीच झन्डै दुई वर्षपछि परराष्ट्र सचिवस्तरमा वार्ता भएको हो।यसअघि सन् २०२० नोभेम्बरमा तत्कालीन भारतीय परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्गला सचिव पौड्यालको निम्तोमा नेपाल आएका थिए। सचिव पौड्याल समकक्षी क्वात्राको निम्तोमा दुईदिने भारत भ्रमणमा छन्। परराष्ट्र सचिव पौड्यालले आज भारतीय परराष्ट्रमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने नेपाली दूतावासले विज्ञप्तिमा जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com