ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशमा हुने संघीय र प्रादेशिक निर्वाचन सबैको आकर्षणको केन्द्र , कुन पाटीको अवस्था के (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २८ भदौ । बागमती प्रदेशमा हुने संघीय र प्रादेशिक निर्वाचन सबैको आकर्षणको केन्द्र बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका अधिकांश शीर्ष एवम् प्रभावशाली नेताहरु बागमती प्रदेशबाट प्रतिनिधित्व गर्छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलदेखि नयाँ पार्टी राप्रपा नोल गठन गरेका कमल थापा यही प्रदशमार्फत आगामी निर्वाचनमा लड्दैछन् ।

बागमती प्रदेश अन्तर्गत सिन्धुलीका हालका सांसद हरिबोल गजुरेल नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा सिफारिस भए । माओवादीले सिन्धुलीको प्रत्यक्षतर्फ राजन दाहालको नाम सिफारिस गरिएको छ । दोलखाबाट नेपाली कांग्रेसले जिल्ला सभापति बर्मा लामासहित हालका सांसद जीपछिरिङ लामा, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, उद्वव काफ्ले गरी जम्मा ११ जना नेताहरुको नाम सिफारिस छन् । दोलखाको प्रत्यक्षतर्फ एमालेले हालका सांसद पार्वत गुरुङसहित, आनन्द पोखरेल, सरस्वती बस्नेत, रचना खड्का, ईश्वर पोखरेल, शान्ती पाख्रिन, श्याम बस्नेत र भरत दुलाल गरी ८ जनाको नाम सिफारिस छ । २०७४ को संघीय निर्वाचनमा एमाले सांसद गुरुङले देशैभरमा सबैभन्दा बढी अर्थात् ३० हजार मतान्तरले विजयी बनेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस भएका छन् । अध्यक्ष प्रचण्डको नाम गोरखा १ बाट पनि सिफारिस भएपनि उनले चितवनबाटै चुनाव लड्ने बताउदै आएका थिए । चितवन १ मा एमालेले पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेको नाम सिफारिस गरेको छ । कांग्रेसका सांसद एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको निर्वाचन क्षेत्र पनि चितवन हो । एमालेको भक्तपुर २ बाट महेश बस्नेत चुनावी मैदानमा छन् । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्र कोजूबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री काठमाडौं ४ बाट सिफारिस भएका छन् ।

कांग्रेसको काठमाडौं १ बाट प्रकशमान सिंह, काठमाडौं २ मा लोकेश ढकाल, दीपक कुइँकेल र प्रतिमा गौतम, काठमाडौं ३ बाट अम्बिका बस्नेत, सन्तोष चालिसे, काठमाडौं ५ बाट प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महत चुनावमा लड्दैछन् । यसैगरी, काठमाडौं ६ बाट भीमसेनदास प्रधान, काठमाडौं ८ मा राजुराज जोशी, काठमाडौं ९ मा ध्यानगोविन्द रञ्जित, तीर्थराम डंगोल र काठमाडौं १० मा राजन केसीको नाम सिफारिस छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं १ मा विदुर मैनाली, रुपनारायण श्रेष्ठ , टीकाराम भट्टराई, काठमाडौं २ मा मणिराम फुयाँल, काठमाडौं ३ मा कृष्ण राई, काठमाडौं ४ मा डा. राजन भट्टराई, काठमाडौं ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काठमाडौं ६ मा योगेन्द्र संग्रौला, लेखनाथ फुँयालसहित ५ जना, काठमाडौं ७ मा रघुजी पन्त, विद्यासुन्दर शाक्य, बीपी ढकालसहित ५ जना, काठमाडौं ८ मा राजेश शाक्य, काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ती शाक्य र काठमाडौं १० मा विनोद श्रेष्ठ, सुरेन्द्र महर्जन लगायत ६ जनाको नाम सिफारिस छन् । एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट चुनाव लड्दैछन् । सांसद नवराज सिलवाल ललितपुर क्षेत्र नंं. १ बाट सर्वसम्मत सिफारिस छन् ।

एमालेको सिन्धुपाल्चोक २ मा प्रत्यक्षतर्फ पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन् । २०७४ मा उनी काठमाडौंबाट चुनवा लडेका थिए । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री पम्फा भुषाल यसअघि ललितपुर ३ बाट चुनाव जितेका थिए । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ पनि बागमती प्रदेशबाटै प्रतिनिधित्व गर्छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा लामो समयसम्म अध्यक्ष रहेका कमल थापा नयाँ एजेण्डासहित राप्रपा नेपाल पार्टी गठन गरेका छन् र उनी यो पटक मकवानपुर क्षेत्र नं. १ बाट एकल उम्मेदवार छन् । २०७४ को चुनावमा एमाले र माओवादीबीच वाम गठबन्धन भएको थियो । तर, एमाले विभाजनको असर यो पटक बागमती प्रदेशमा पर्ने अनुमान गरिएको छ । त्यसो त, यो पटक राप्रपा, जसपा लगायतका दलहरुपनि विभाजनपछि संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । देशको संघीय राजधानी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा हुन गइरहेको संघीय निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

काठमाडौं, २४ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

सम्बन्धित

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...