ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ गठबन्धनमा सिट भागबन्डाको सकसमा (भिडियोसहित)


एबीसी / संवाददाता
भाद्र २८, २०७९ मंगलबार  १ : ३६ बजे

काठमाडौं, २८ भदौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा हालसम्म सत्तारुढ गठबन्धनमा सिट भागबन्डाको सकसमा नै अल्झिरहेको छ । कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठन भएको कार्यदले एक महिना पछि अपुरो रिपोर्ट बुझाएसँगै शीर्ष नेताहरुले पटक पटक बैंठक बस्दा पनि सिट बाँडफाड टुंगो लाउर्न गठबन्धनलाई सकस परेको छ ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको आजको पाँदलिय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पनि सहमति जुटाउन सकेन । एक महिना गृहकार्य गर्दा पनि सिट बाँडफाँडको आधार, मोडालिटी र संख्या पूर्ण रूपमा टुंग्याउन नसकेपछि गठबन्धन कार्यदलले शीर्ष नेतृत्वलाई अधुरो प्रतिवेदन बुझाएको थियो  । कार्यदलले मात्र विवाद मिलाउन नसकेपछि शीर्ष नेतासहितको बैठक बसने गरेको छ । शीर्ष नेतृत्वले पटक पटक बैठक बस्दा पनि अझै सिठ बाँडफाडको काम भने टुंगोमा पुगेको छैन ।

केही दिनदेखि सत्तारुढ दलहरुले भागबन्डा मिलाउने प्रयास गरिरहेका छन । कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठन भएको कार्यदलमा एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो । सोही अपुरो रिपोर्टको बारेमा गठबन्धका शीर्ष नेताहरुको छलफल भने झै जारी छ ।

केही दिनदेखि सत्तारुढ दलहरु निर्णायक वार्ता भनेर छलफल गरिरहेका छन् । २०७४ र ०७९ को निर्वाचन परिणामलाई आधार मानेर क्षेत्रहरूमा दलहरूका दाबी छन् । सत्तारुढ दलभित्र सबैले आ–आफ्नो दाबीमा अडान कायम राखेपछि भागबन्डा मिल्न नसकेको हो । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यसूची सार्वजनिक गरेको छ । यति बेला सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको बेला पटक पटक नेताहरु छलफलमा जुटिरहेका हुन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनले आफ्नो पार्टीलाई चित्त बुझदो सिट संख्या नदिएको र मधेस प्रदेशमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जनता समाजवादी पार्टीले गठबन्धनबाट अलग्गिने स्थिति देखिएको छ ।

पछिल्लो समय जसपा सत्ता गठबन्धनको सिट बाँडफाडको बैठकामा उपस्थित देखिएको छैनन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताए । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरुको छलफलका क्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको बताएका छन् । मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताएका छन् । बैठकमा दिव्पक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिए । मन्त्री कार्कीले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।

सत्ता गठबन्धनले लामो समय सम्मै सिट बाँडफाडको टुंगोमा अल्झिरहनु लजास्पद कुरा हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संलग्न गठबन्धनले मंसिर ४ को निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र तय गर्न नसक्दा कार्यकर्ता पनि अन्योलमा परेका छन् । स्थानीयस्तरबाट धमाधम नाम सिफारिस गरेपछि आफ्नो पार्टीको भागमा पर्ने कि नपर्ने अन्योल देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com