ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ गठबन्धनमा सिट भागबन्डाको सकसमा (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २८ भदौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा हालसम्म सत्तारुढ गठबन्धनमा सिट भागबन्डाको सकसमा नै अल्झिरहेको छ । कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठन भएको कार्यदले एक महिना पछि अपुरो रिपोर्ट बुझाएसँगै शीर्ष नेताहरुले पटक पटक बैंठक बस्दा पनि सिट बाँडफाड टुंगो लाउर्न गठबन्धनलाई सकस परेको छ ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको आजको पाँदलिय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पनि सहमति जुटाउन सकेन । एक महिना गृहकार्य गर्दा पनि सिट बाँडफाँडको आधार, मोडालिटी र संख्या पूर्ण रूपमा टुंग्याउन नसकेपछि गठबन्धन कार्यदलले शीर्ष नेतृत्वलाई अधुरो प्रतिवेदन बुझाएको थियो  । कार्यदलले मात्र विवाद मिलाउन नसकेपछि शीर्ष नेतासहितको बैठक बसने गरेको छ । शीर्ष नेतृत्वले पटक पटक बैठक बस्दा पनि अझै सिठ बाँडफाडको काम भने टुंगोमा पुगेको छैन ।

केही दिनदेखि सत्तारुढ दलहरुले भागबन्डा मिलाउने प्रयास गरिरहेका छन । कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठन भएको कार्यदलमा एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो । सोही अपुरो रिपोर्टको बारेमा गठबन्धका शीर्ष नेताहरुको छलफल भने झै जारी छ ।

केही दिनदेखि सत्तारुढ दलहरु निर्णायक वार्ता भनेर छलफल गरिरहेका छन् । २०७४ र ०७९ को निर्वाचन परिणामलाई आधार मानेर क्षेत्रहरूमा दलहरूका दाबी छन् । सत्तारुढ दलभित्र सबैले आ–आफ्नो दाबीमा अडान कायम राखेपछि भागबन्डा मिल्न नसकेको हो । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यसूची सार्वजनिक गरेको छ । यति बेला सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको बेला पटक पटक नेताहरु छलफलमा जुटिरहेका हुन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनले आफ्नो पार्टीलाई चित्त बुझदो सिट संख्या नदिएको र मधेस प्रदेशमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जनता समाजवादी पार्टीले गठबन्धनबाट अलग्गिने स्थिति देखिएको छ ।

पछिल्लो समय जसपा सत्ता गठबन्धनको सिट बाँडफाडको बैठकामा उपस्थित देखिएको छैनन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताए । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरुको छलफलका क्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको बताएका छन् । मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताएका छन् । बैठकमा दिव्पक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिए । मन्त्री कार्कीले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।

सत्ता गठबन्धनले लामो समय सम्मै सिट बाँडफाडको टुंगोमा अल्झिरहनु लजास्पद कुरा हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संलग्न गठबन्धनले मंसिर ४ को निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र तय गर्न नसक्दा कार्यकर्ता पनि अन्योलमा परेका छन् । स्थानीयस्तरबाट धमाधम नाम सिफारिस गरेपछि आफ्नो पार्टीको भागमा पर्ने कि नपर्ने अन्योल देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com