काठमाडौँ, २८ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेट भएको छ । नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा उनीहरूबीच आज बिहान भेट वार्ता भएको हो ।उनीहरूबीच संसदीय प्रतिनिधि मण्डल स्तरीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सोमबार चार दिने नेपाल भ्रमणमा आइपुगेका चान्सुले हिजै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरिसकेका थिए ।सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका चान्सु बिहीबार स्वदेश फर्किने छन् ।
प्रतिक्रिया दिनुहोस्