काठमाडौं , २७ भदौ । चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपालको भ्रमणमा आउँदै छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली तीन दिने भ्रमणका लागि आज नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत काठमाडौं ओर्लिने भएको छ ।
उनले आजै सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्याउन सक्ने सहयोग र सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै, लीको सम्मानमा सभामुख सापकोटाले आज साँझ रात्रिभोज आयोजना गर्ने भएका छन् ।
लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यससँगै परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग पनि भेट गर्नेछन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यससँगै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने भएका छन् ।
उनको भ्रमणका क्रममा बीआरआईका विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्