ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो मालिकको शवसगै जल्न तयार हुने कुकुर (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २६ भदौ । कुकुर निकै वफादार जनावर हो । सुघ्ने क्षमता उच्च भएका कारण विभिन्न आप–राधिक क्रियाकलापको अनुसन्धान गर्ने क्रममा समेत कुकुरको प्रयोग गरिन्छ । घरको सुरक्षाका लागि कैयौंले कुकुर पाल्ने गर्छन् ।

घरको सुरक्षामात्र होइन कुकुरले घरमा परिवारका सदस्यको पनि उत्तिकै हेरचाह र सुरक्षा गर्छ , नेपाली समाजमा एउटा मान्यता छ, ‘आफन्तले साथ छाड्छ तर कुकुरले छाड्दैन ।’ घटना कैलालीको लम्कीचुहा नगरपालिका–५ को हो । त्यहाँका चुकुलाल चौधरीले आठ वर्षअघि एउटा बेवारिसे कुकुरको छाउरो घरमा ल्याएका थिए । उनले कुकुरको नाम राखिदिए, सफी । सफीलाई उनकै आमा हैरानी चौधरीले स्याहारसुसार गरेर हुर्काइन् । कुकुरसँग उनको सम्बन्ध आफ्ना सन्तानजस्तै प्रगाढ बन्यो । चौधरीले आफ्नै कोखका बालबच्चा झैं सफीलाई माया दिए । उनीहरु सँगै बस्ने, खाने गर्थे । तर भदौ २५ गते शनिबार हैरानी चौधरीको क्यान्सरले निधन भयो । जसै हैरानी चौधरीको शव घरमा राखियो, सफीले उनको साथ छाडेन । सामान्यतः मृत्यु संस्कारमा कुकुर–बिरालोलाई शव छुन दिइँदैन । हैरानीको शवको छेउछाउ आएपछि मलामीका लागि आएका छिमेकीले उनलाई धपाउन थाले ।परम्परा अनुसार चौधरीको शवलाई उनी सुतेकै पलङमा राख्ने तयारी भयो । तर शव राख्नुअघि नै उक्त कुकुर पलङमा बसिदियो ।

छिमेकीले कुकुरलाई त्यहाँबाट पनि लखेट्न खोजे । कुकुर कसैगरी पनि त्यहाँबाट भागेन । आखिरमा कुकुरलाई समातेर नजिकैको रुखमा साङ्लोले बाँधियो ।‘रुखमा बाँधेपछि झन् उग्र भयो । साङ्ला नै चुडाउँला झैं गरेर कराउन थाल्यो,’ हैरानी चौधरीका कान्छो छोरा अनन्तलाल भन्छन्, ‘पलङमा राखेर गरिने संस्कार सकेर शवलाई ट्याक्टरमा चढाइयो । अनि घाटतिर लाग्यौं । तर केही पर नपुग्दै कुकुर साङ्लाबाट फुत्किएर दौडिंदै हामीलाई पछ्याउन थाल्यो ।’ट्याक्टर पछ्याउँदै सफी करिब पाँच किलोमिटरसम्म दौडिरह्यो । मुख्य सडकमा अरु गाडी पनि कुदिरहेको थियो । तर सफीले सोही ट्रकलाई मात्र एकोहोरो पछ्याइरह्यो ।तराईको चर्को गर्मी । त्यतिका समय कुकुर दौडिएको दौडिएकै छ ।  कुनै मलामीले कुकुरलाई पनि ट्याक्टरमै राख्न भने । ट्याक्टरमा चढाएपछि उक्त कुकुर हैरानी चौधरीकै शवको छेउमा बसिरह्यो ।‘बेलाबेला शवलाई सुँघेर क्याउँक्याउँ गर्दै कराउँथ्यो,’ अनन्तलाल भन्छन्, ‘हामीलाई भन्दा बढी पीर त उसलाई परेको जस्तो देखिन्थ्यो ।’कर्णालीको घाटमा पुर्‍याएपछि चिता तयार गरियो । शवलाई चितामा राखियो । तर कुकुर पनि चितामा चढ्यो र शवसँगै लमतन्न परेर बसिरह्यो । कुकुरलाई हटाउँदा चिता भत्कियो । दाउराले कुकुरलाई चोट लाग्यो । तर ऊ पछि हटेन । ‘चितामा बसेपछि मलामी पनि भावुक भए,’ अनन्तलाल सुनाउँछन्, ‘शव जलाउन समस्या भएपछि उसलाई समातेर राख्यौं ।’

शव जलिसकेपछि पनि कुकुर चिता वरिपरि घुमिरहेको थियो । सफी नामको उक्त कुकुरले शवको पछि लागेको र चितामा बसेको भिडियो टिकटकमा अहिले भाइरल भएको छ । उक्त कुकुरले दर्शाएको प्रेमप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।कतिले टिकटक बनाउनका लागि पो कुकुरलाई सुताएर यस्तो भिडियो खिचेको हो कि भनेर शंका गरेका छन् । यद्यपि हैरानी चौधरीका छोरा अनन्तलाल भने यो कुनै नाटकीय घटना नभई कुकुरले वास्तवमै शवलाई पछ्याएको र चिता जल्न तयार भएर बसेको बताउँछन् ।

http://www.abcnepal.tv/wp-content/uploads/2022/09/video-dbf9fba7-54db-40f3-ab3f-0e2ee74165be-1662892295.mp4
http://www.abcnepal.tv/wp-content/uploads/2022/09/video-c02b8ac1-4f95-4d03-a893-03046efee25c-1662892274.mp4

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

काठमाडौं, २४ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

सम्बन्धित

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...