काठमाडौं, २६ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो । बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए । ‘हामीले तालमेलका बारेमा छलफल गर्यौं । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौं ।’बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुंगो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्