भक्तपुर २६ भदौ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको थियो।
प्रतिक्रिया दिनुहोस्