ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनको प्रयास


एबीसी / संवाददाता

काठमाडौं, २४ भदौ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनको प्रयास गरेको छ । एमाले अध्यक्ष केपी ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटेर चुनावी गठबन्धनको प्रस्ताव राखेका हुन् । ठाकुरले पार्टी नेताहरुलाई ओलीसँग सकारात्मक कुरा भएको बताए ।

ओलीसँगको सहकार्य आफूहरुका लागि परिस्थितिको बाध्यता भएको उनको भनाइ थियो ।तर, ठाकुरले ओलीसँग नागरिकता विधेयकप्रतिको अनुदार एमाले नीतिका कारण मधेसमा मिलेर जान अप्ठ्यारो हुन सक्ने भने बताए । एमालेले जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी संसदले पारित गरेको विधेयकको विरोध गर्दै आएको छ । विधेयक दोश्रोपटक प्रमाणीकरणका लागि शीतलनिवास पुगेको छ । दोश्रोपटक प्रमाणीकरणमा गएको विधेयक पनि रोक्न एमालेले राष्ट्रपति प्रयोग गर्न सक्ने आशंका राजनीतिक वृत्तमा छ ।

राष्ट्रपतिले विधेयक रोक्न सक्ने आशंकाबीच माओवादी अध्यक्ष प्रचण्डले बिहीबार उनको राजीनामा मागेका थिए । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभामा जम्मा चार सिट माग्दा पनि नपाएपछि ठाकुर अन्ततः ओलीको शरणमा पुगेका हुन ।

ठाकुरले गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पटकपटक आग्रह गरेका थिए । देउवा लोसपालाई गठबन्धमा सामेल गराउन सकारात्मक भए पनि गठबन्धनका बाँकी नेताहरु प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले प्रतिगामीको मतियार भन्दै लोसपासँग सहकार्य गर्न नसकिने बताएपछि देउवा पछि हटेका थिए । लोसपा केपी ओलीले गरेको संसद विघटनको समर्थन गर्दै सरकारमा समेत सामेल भएको थियो । त्यतिबेला लोसपाmलाई फकाउन ओलीले नागरिकता विधेयकका प्रावधान समेटेर ओलीले अध्यादेश ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com