ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशको संघीय निर्वाचन (कसको पल्लाभारी भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौ, २४ भदौ । कर्णाली प्रदेशमा आगामी निर्वाचनको गतिविधि तीव्र बनेको छ । २०७४ को निर्वाचनमा वामपन्थी दलहरुको वर्चस्व रहेको कर्णाली प्रदेश यसपटक सत्ता गठबन्धनको पक्षमा नतिजा आउने आंकलन गर्न सकिन्छ । यस प्रदेशमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको प्रभाव रहँदै आएको छ ।

वर्तमान अर्थन्त्री जनार्दन शर्मा, शक्ति बहादुर बस्नेत, दुर्गा बहादुर रावत लगायतका नेताहरु कर्णाली प्रदेश अन्तर्गत चुनावी मैदानमा छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनका सन्दर्भमा विभिन्न जिल्ला तथा प्रदेशको चुनावी कार्यक्रममा छन् । यसैक्रममा, उनी पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मासहित कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा चुनावी सभामा पार्टी र गठबन्धनको पक्षमा नतिजा आउनेगरी अगाडि बढ्न निर्देशन समेत दिए । त्यसो त, उनले सबै चुनावी कोणसभा, प्रशिक्षण कार्यक्रमहरुमा २०६४ सालको जस्तै नतिजा ल्याउनेगरी संगठनात्मक गतिविधि चुस्तदुरुस्त पार्न नेताकार्यकर्तामा आव्हान गर्दै आएका छन् ।

सल्यानमा संघीय सासदतर्फ हालका प्रतिनिधिसभा सांसद टेकबहादुर बस्नेत र अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्ल सिफारिस भएका छन् । सल्यानको समानुपातिकतर्फ दिलमाया बुढा मगर, कमल विक र रत्नबहादुर वलीको नाम सिफारिस भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले डोल्पाबाट हाल सांसद रहेका धनबहादुर विष्टको नाम सिफारिस छ । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको गृहजिल्ला जाजरकोटमा यसअघि माओवादी केन्द्र बलियो छ । माओवादी र समाजवादी मिलेपनि उनीहरुको पक्ष यस क्षेत्रमा नतिजा आउने देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कालीकोटमा नागिन्द्र शाही र हुम्लामा दल रावल संघीय निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गरेको छ । गठबन्धनमार्फत चुनाव लड्दा गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले राम्रो नतिजा ल्यायो । कांग्रेस नेता राजीवविक्रम शाहले अबको निर्वाचनमा कर्णालीमा कांग्रेसको बलियो उपस्थिती रहनुपर्ने बताए ।

हालका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाही, महेन्द्र बहादुर शाही लगायतका नेताहरु कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दछन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एमाले लगायत वाम दलहरुको वर्चस्व रहेको कर्णालीमा वाम–लोकतान्त्रिक गठबन्धन हुँदा परिणाम रोचक आउने अनुमान गरिएको छ । गठबन्धन प्रभावकारी हुन नसकेपनि वामपन्थी झुकाव रहेका दलको पक्षमा परिणाम आउने अहिलेसम्मको नतिजाले देखाउछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

  काठमाडौं १३ माघ । सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्। शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

  काठमाडौँ १३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले स्तो लोकप्रियताबाद र राजनीतिक दलहरुप्रतिको आक्रोशबाट उदाउन नपाउंदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

काठमाडौं, १३ माघ सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४

सम्बन्धित

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

रवि लामिछानेको सांसद पद खारेज

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

एक वर्षपछि राष्ट्रियसभाले उपाध्यक्ष पाउने, निर्वाचन मिति तोकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...