ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङको तल्लो रामतोलामा पहिरोले सडक र जंगल तथा पीपलको चौतारो समेत बगेपछि गाउँभरी त्रास


एबीसी / संवाददाता

बागलुङ, २३ भदौ । बागलुङ नगरपालिका ११ तल्लो रामतोलामा पहिरो खस्दा दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । सयौं रोपनी जमिनको सुन्तला खेती, अन्य अन्नपातसमेत बग्न थालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । उनका अनुसार केही दिनदेखि जमिन चर्केकोमा बुधबार बिहानदेखि पहिरो चल्न थालेको हो ।

पहिरोले सडक र जंगल तथा पीपलको चौतारो समेत बगेपछि गाउँभरी त्रास फैलिएको छ । यहाँका ५० घरमा खानेपानी अभाव भएको छ । पोल ढलेकोले आसपासका अन्य घरमा समेत बिजुली अवरुद्ध भएको गौतमले जनाए ।उक्त पहिरोले स्थानीय कुलराज शर्मासहित दर्जनबढी घरपरिवार विस्थापित भएका छन् । केही घर परिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिए । जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अबस्थामा रहेको देखिएको उनले बताए ।

पहिरोले यहाँको तमाखुबारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ । ‘यो संकेत हेर्दा यहाँको बस्ती नै जोखिम भयो, अब धेरै घरहरु विस्थापित हुने भए,’ पौडेलले भने, ‘कतै रोकथाम गर्ने अवस्था नै छैन ।’ हरेक बारीका पाटामा कुखुराले खोस्रेझै खाल्डा पर्ने र चिरा पर्दै बग्ने गरेको उनले बताए । बगेको पहिरोले जैमिनी नगरपालिका १ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको छ । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका १ मा पर्छ ।केही दिनदेखिको वर्षात्‌ले थप पहिरो खसेको इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।

‘तत्काल कुनै पनि उपायले पहिरो रोक्न सकिने अवस्था छैन,’ गिरीले भने, ‘यो अनौठो तरिकारले सिंगो पहाड खस्ने अवस्था भयो ।’ जोखिम भएको स्थानमात्र नभई अन्य गाउँबासीसमेत डराउन थालेको उनले बताए । यहाँका ढालनाथ शर्मा, कुलराज शर्मा, बीरबहादुर केसी, भूमिश्वर शर्मा, मीनबहादुर केसी र दिलबहादुर केसीको घर भने स्थानीयले मंगलबार र बुधबार गरी खाली गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

काठमाडौं, २४ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

सम्बन्धित

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...