ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङको तल्लो रामतोलामा पहिरोले सडक र जंगल तथा पीपलको चौतारो समेत बगेपछि गाउँभरी त्रास


एबीसी / संवाददाता
भाद्र २३, २०७९ बिहीबार  ९ : ५८ बजे

बागलुङ, २३ भदौ । बागलुङ नगरपालिका ११ तल्लो रामतोलामा पहिरो खस्दा दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । सयौं रोपनी जमिनको सुन्तला खेती, अन्य अन्नपातसमेत बग्न थालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । उनका अनुसार केही दिनदेखि जमिन चर्केकोमा बुधबार बिहानदेखि पहिरो चल्न थालेको हो ।

पहिरोले सडक र जंगल तथा पीपलको चौतारो समेत बगेपछि गाउँभरी त्रास फैलिएको छ । यहाँका ५० घरमा खानेपानी अभाव भएको छ । पोल ढलेकोले आसपासका अन्य घरमा समेत बिजुली अवरुद्ध भएको गौतमले जनाए ।उक्त पहिरोले स्थानीय कुलराज शर्मासहित दर्जनबढी घरपरिवार विस्थापित भएका छन् । केही घर परिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिए । जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अबस्थामा रहेको देखिएको उनले बताए ।

पहिरोले यहाँको तमाखुबारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ । ‘यो संकेत हेर्दा यहाँको बस्ती नै जोखिम भयो, अब धेरै घरहरु विस्थापित हुने भए,’ पौडेलले भने, ‘कतै रोकथाम गर्ने अवस्था नै छैन ।’ हरेक बारीका पाटामा कुखुराले खोस्रेझै खाल्डा पर्ने र चिरा पर्दै बग्ने गरेको उनले बताए । बगेको पहिरोले जैमिनी नगरपालिका १ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको छ । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका १ मा पर्छ ।केही दिनदेखिको वर्षात्‌ले थप पहिरो खसेको इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।

‘तत्काल कुनै पनि उपायले पहिरो रोक्न सकिने अवस्था छैन,’ गिरीले भने, ‘यो अनौठो तरिकारले सिंगो पहाड खस्ने अवस्था भयो ।’ जोखिम भएको स्थानमात्र नभई अन्य गाउँबासीसमेत डराउन थालेको उनले बताए । यहाँका ढालनाथ शर्मा, कुलराज शर्मा, बीरबहादुर केसी, भूमिश्वर शर्मा, मीनबहादुर केसी र दिलबहादुर केसीको घर भने स्थानीयले मंगलबार र बुधबार गरी खाली गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com