ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोनयन दर्तापछि वर्तमान संसद् रहँदैन : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
भाद्र २१, २०७९ मंगलबार  ११ : २६ बजे

काठमाडौं, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय र प्रादेशिक निर्वाचनका लागि मनोनयन दर्तापछि वर्तमान संसद् नरहने बताएका छन्। कैलालीको गेटा विमानस्थलमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ४ का लागि हुने निर्वाचनको मनोनयन दर्तापछि संसद नरहने बताएका हुन्। ‘मंसिर ४ मा निर्वाचन हुन्छ। मनोनयन पछि संसद रहँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘एक्दम क्लियर, त्यहाँ दुविधा रहनै पर्दैन।’

संसदको आयु लम्ब्याउन तिर जान नहुने भनेर आफूहरुले पाँचदलीय गठबन्धनमा छलफल गरेको उनले बताए। ‘आयु लम्ब्याउनेतिर जान हुँदैन भन्ने अस्ती हामीले गठबन्धनमा बसेर छलफल गरेका छौँ,’ प्रचण्डले भने, ‘एक दिन पनि यता उता गर्न हुँदैन।’केही प्राविधिक कारणले दलका प्रमुख सचेतकहरुले संसदको आयु लम्ब्याउनेबारे सोचेको उनको भनाइ थियो।

‘केही टेक्निकल कारणले केही समय लम्ब्याउने कि भनेर प्रमुख सचेतकहरुले सोच्नु भएको रहेछ,’ प्रचण्डले भने, ‘तर, पछि गठबन्धन बसेर यसरी सोच्न हुँदैन। यहाँ कहीँ इफ बट हुन दिन हुँदैन अब।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com