काठमाडौ, २१ भदौ । नेकपा एमालेमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहराको नाम सिफारिस गरेको छ ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेलधुराबाट लड्ने तयारीमा छन् । यदि एमालेबाट बोहराले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।
एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुन् । प्रदेशसभा ९क०तर्फ चक्रप्रसाद स्नेही र ९ख०तर्फ गजेन्द्रबहादुर शाहीको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया दिनुहोस्