ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक दलहरुमा बढ्दो वैचारिक अस्पष्टता किन ?


एबीसी / संवाददाता
भाद्र १७, २०७९ शुक्रबार   ११ : ४८   बजे

काठमाडौं, १७ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धमा निर्णायक भनिएको बिहीबारको बैठक निष्कर्षबिहीन भयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथ सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँट र चुनाव जित्ने मात्रै नभई त्यसपछिको राजनीतिक स्थीरता र समृद्धिका विषयमा छलफल केन्द्रीत भएको बताए । बालुवाटार बैठक जारी रहँदा नेपाली कांग्रेस संस्थापन इतरका डा. शेखर कोइराला र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलले आशंका पैदा गरेको छ । आगामी निर्वाचनको मिति नजिकिदै गर्दा सत्ता पक्ष र प्रतिपक्षीका मुख्य दलहरुले समेत प्रष्ट मार्ग समात्न सकेका छैनन् । यसै सन्दर्भमा पूर्व परराष्ट्रमन्त्री एवम् राजनीतिक विश्लेष रमेशनाथ पाण्डेसँग धु्रव अधिकारीले गरेको संवादमा आधारित आलेखः

यस विषयमा पूर्वपरराष्ट्रमन्त्री एवम् विश्लेषक रमेशनाथ पाण्डे सैद्धान्तिक विश्लेषण गर्छन् । उनले नेपालका राजनीतिक दलहरुले पहिचान गुमाइसकेका कारण अस्थीरता र संकट उत्पन्न भएको भनाइ राखेका छन् । २०१५ सालको पहिलो संसदीय चुनावतिर फर्कदै उनले भने, “त्यो संसदीय व्यवस्थामा संसदप्रति सरकार व्यवहारिक रुपमा जवाफदेही थियो । मानसिक रुपमा संसदलाई आदरणीय राखेको थियो । त्यो बेला वास्तवमा राजनीतिक दलहरु थिए ।”

गठबन्धन र वर्तमान राजनीतिको सन्दर्भमा उनले अहिले एकभन्दा अर्को दल पृथक हुन नसकेको भनाइ उनले राखे । सिद्धान्त, चरित्र, प्रशिक्षणको आधारमा दलहरु एकबाट अर्को पृथक रहेको तर, बहुलीय राजनीतिक संस्कार मै हुर्किएर नि २०४७ सालमा संसदीय व्यवस्थामा पुर्नस्थापना हुँदा प्रजातान्त्रिक, राजनीतिमा विश्वास गर्ने कांग्रेस र साम्यवादी राजनीतिमा विश्वास गर्ने कम्युनिष्ट, प्रतिपक्षी पनि संसदमा सधैं सँगै भएको देखेको अनुभव उनको छ ।

गठबन्धन हुँदा मतदातामा विकल्प पनि कम

उनले भने, “राजनीतिक पार्टीहरुको संख्या अत्याधिक भएको छ । राजनीतिक दलहरुले पहिचान गुमाइसकेका छन् । चुनाव नै मिलेर गठबन्धनको परिपार्टीले जनता र मतदाताको अगाडि विकल्प नै पाउँदैनन् ।” गठबन्धनले एकथरीलाई जित्न सजिलो भएपनि प्रजातन्त्र पराजित हुने र दलहरु सत्ता प्राप्तिका लागि मिलेर, फुटेर गठबन्धन बनाएको भनाइ उनको छ । उनले दलहरु एक भएर मतदातको सामुन्ने उभेपछि, राजनीतिक दल छान्ने विकल्प नहुने बताएका हुन् ।

उनले नेपालका राजनीतिक दलहरु स्थापना हुँदा गरेका प्रतिबद्धता, पार्टीले बनाएको पहिचान उद्देश्यलाई बाटोमै छोडेर अघि बढ्न खोजेको बताए । “राजनीतिक दलहरुको साइनबोर्ड फरक भएपनि, कुरा एउटै हो । कांग्रेस वा अरु कोही पार्टी जे उद्देश्य राखेर स्थापना भएको थियो, त्यो नचिनिने भइसकेको छ ।”

अब राजनीतिक दलका युवा कायकर्ताले पार्टीको पहिचान खोज्नुपर्ने र यसलाई सुरक्षित बनाउनुपर्ने उनको सुझाव छ ।

देशका राजनीतिक दलहरुले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाच्नका लागि यसअघिको तीन महिना चुनावी तयारीमा तीव्र बनाइने बताउदै आएका थिए । तर दलहरु भने अझै पनि चुनावी रणनीतिको छलफलमै केन्द्रीत देखिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group