काठमाडौ, १२ भदौ । देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना छ।जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुनेछ।
भारी वर्षाको सम्भावना रहेका ती प्रदेशका भू–भागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको विभागले जनाएको छ।साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस्