ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतको फैसला : पारिवारिक दबाब आयो भन्दैमा सहमतिको सम्बन्धलाई बलात्कार भन्न मिल्दैन


एबीसी / संवाददाता

काठमाडौं, ८ भदौ ।  प्रेमीलाई जेल पठाउने कास्की जिल्ला अदालतको फैसला उल्टाइएको उच्च अदालत पोखराको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको फैसलाको पूर्णपाठमा बालबालिकाका बीचमा हुने प्रेम, विवाह र यौनसम्बन्धलाई हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने कुरा औँल्याइएको छ ।

१८ पृष्ठ लामो ३९ प्रकरणमा व्याख्या गरिएको फैसलामा पहिले सहमतिमै भएको यौन सम्बन्धलाई पछि पारिवारिक दबाबका कारण वा मानसिक रुपमा परिवर्तन आएकै कारण जबरजस्ती करणी ठहर गर्न नमिल्ने व्याख्या गरिएको छ । साथै नारी, पुरुष बीचको प्रेम सम्बन्ध दुवै प्राकृतिक भएको भन्दै प्रकृतिलाई आफ्नै रीत र नियममा चल्ने दिनुपर्ने उल्लेख गरिएको छ । प्रेम सम्बन्ध पनि प्रकृतिजस्तै एक शक्तिशाली सम्बन्ध र चक्र रहेको भन्दै प्रकृतिलाई एक छिन वा केही समय अवरुद्ध गर्न सकिएपनि सधैँ र सबैका लागि नियन्त्रण गर्न नसकिने फैसलामा उल्लेख गरिएको छ ।

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले गरेको उक्त फैसलामा जबरजस्ती करणीको मुद्दामा पीडक भनिएका व्यक्ति र पीडित भनिएकी बालिका दुवै नाबालक भएमा कुनै व्यक्तिलाई ठूलो कसुर ठहराउने कसैलाई उन्मुक्ति दिने कुरा पनि जायज नभएको र उक्त कुरा कानुनी मान्यता विपरीतको भएको तर्क गरिएको छ । फैसलामा भनिएको छ, ‘लैंगिक भिन्नताको समान अवस्थामा पनि अधिकारको संवैधानिक वा कानूनी हकलाई फरक फरक रुपमा परिभाषित गर्नु वा एउटालाई दण्डित र अर्कोलाई छुट दिनु समान अवस्थामा, समान न्याय एवम् वास्तविक न्याय रुपी न्यायिक मान्यताको अभिष्ट हुन सक्दैन ।’

कास्की पोखराका एक नाबालक प्रेमजोडीलाई परिवार र अदालतले छुटाइदिएको, प्रेमीलाई जबरजस्ती करणीको कसुरमा जेलमा पठाइएको र प्रेमिकाबाट जन्मिएको बालकलाई अनाथालयको जिम्मा लगाएको, बालविवाह गरेकी प्रेमिकाले बालक जन्मने समयमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दिएको र कास्की जिल्ला अदालतले कानुनको सोलोडोलो ब्याख्या गरी जबरजस्ती करणी ठहर गरेको विषयमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएको थियो ।

त्यसलगत्तै अधिवक्ता वेद बहादुर विष्टले आरोपित बालकका तर्फबाट निशुल्क कानुनी सहायता प्रदान गर्दै उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएका थिए । उक्त मुद्दामा २०७९ जेठ २७ गते फैसला गर्दै जबरजस्ती करणीलाई बाल विवाहमा परिणत गर्दै किशोरलाई एक वर्षको जेल सजाय सुनाइएको थियो । त्यसलगत्तै किशोर थुनाबाट मुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com