ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ एकै साथ भिड्दै


एबीसी / संवाददाता
भाद्र ६, २०७९ सोमबार  २ : २३ बजे

भदौं ६, काठमाडौं । फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गते एकैदिन रिलिज हुने तयारीमा छन् ।

झिंगेदाउ’मा आँचल शर्माको मुख्य भूमिका छ र ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्माको मुख्य भूमिका छ । यी दुई अभिनेत्री घरेलु बक्स अफिसमा चल्तीका कलाकार समेत हुन् ।

‘सम्हालिन्छ कहिले मन’बाट पूजाले २० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा नयाँ रहेन । पूजाको यसै महिना रिलिज भएको फिल्म ‘सम्झना बिर्सना’ भने बक्स अफिसमा पूर्णतः असफल रह्यो । महंगी अभिनेत्री भएर पनि फिल्म असफल भएपछि उनको स्टारडममा प्रश्न खडा त हुने नै भयो ।

‘झिंगेदाउ’ अभिनेत्री आँचलले यही सन्दर्भमा कुरा उठाउँदै पूजालक्षित कटाक्ष गरेकी छन् । बढी पारिश्रमिक लिने कलाकारले नभई फिल्म आफैंमा राम्रो भए मात्र चल्ने आँचलको तर्क छ ।

‘महंगो पारिश्रमिक लिनेको फिल्म पनि आएकै हो,’ आँचलको तर्क छ, ‘कलाकारले गर्दा फिल्म चल्ने वा नचल्ने भन्ने कुरा सेकेन्डरी हो । फिल्म आफैंमा राम्रो हुनुपर्छ भन्ने कुरा हामीले अहिले धेरै भोगिसकेका छौं । धेरै राम्रा कलाकारको फिल्म आएको हो नि त हाम्रो अघि ।’

‘बक्स अफिसमा हिट दिने कलाकारको फिल्म आएको हो । बढी पारिश्रमिक लिने कलाकारको फिल्म आएको हो । कलाकारको मेहनत सुटिङसम्म रहेछ भन्ने बुझियो,’ आँचल अगाडि भन्छिन्, ‘मेरो फिल्म पनि राम्रो हुनुपर्छ र अरुको जुधेको पनि छ भने त्यो पनि राम्रो हुनुपर्छ । हामी दुवैको फिल्म राम्रो भए समग्र फिल्म क्षेत्रलाई राम्रो हुन्छ । बलिउड र हलिउडसँग जुध्नुभन्दा त नेपालीसँगै जुध्नु राम्रो हो ।’

आँचलले आफ्नो फिल्म ‘झिंगेदाउ’प्रति आफू निश्चित रहेको बताइन् । ‘म मेरो कथावस्तु, विषय र प्रोडक्टमा विश्वसनीय छु कि छैन । मलाई विश्वास छ कि छैन भन्ने कुरा मात्र हो । मलाई एकदमै विश्वास छ झिंगेदाउप्रति,’ उनी भन्छिन् ।

‘शुक्रबार र शनिबारलाई हेर्दा फिल्म राम्रो भए मात्र आइतबार चल्ने हो रहेछ । मानिलिऔं शुक्रबार कलाकारले हलमा मान्छे आए रे, त्यसपछि त माउथ पब्लिसिटी हो । राम्रो छैन भन्ने लागेपछि त मान्छेहरु जाँदैनन् । मेरो चीजमा म विश्वस्त छु,’ आँचल भन्छिन् ।

ज्ञानेन्द्र देउजा निर्देशित झिंगेदाउ भीमनिधि तिवारीको कृतिमा आधारित छ । फिल्ममा केकी अधिकारी र मुकुन भुसालको समेत प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com