ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवौँ राष्ट्रिय खेलकुदः छोटो समयमा तयारीको सकसमा खेलाडी


एबीसी / संवाददाता

महेन्द्रनगर, ४ भदौ । छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ ।

विसं २०३८ देखि राष्ट्रिय प्रतियोगितामा सहभागी हँुदै आएको कञ्चनपुरको पछिल्लो समय राष्ट्रिय प्रतियोगिताप्रति खेलाडीको आकर्षण भने घट्दो छ । “बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको खेलाडीका लागि महाकुम्भ नै हो”, यहाँस्थित तेक्वान्दोका एक खेलाडीले भन्नुभयो, “बिना तयारी नतिजाको आशा गर्ने खेलकुद नेतृत्वको क्षमता कस्तो होला भन्ने लाग्छ ।”

उहाँले प्रतियोगिताको पञ्चवर्षीय क्यालेन्डर बनाएर खेलकुद गतिविधि बढाउनुपर्ने बताउनुभयो । “प्रतियोगिता नजिकिँदा खेलाडी खोज्दै जानुपर्ने अवस्थाले खेलकुदमा प्रगति हुन सक्दैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मञ्चमा खेलकुदले देशलाई चिनाउने गरेको भए पनि हाम्रो यहाँ राजनीति हावी हुँदा खेलकुदको विकास पछि प¥यो ।”

उहाँले खेलाडीलाई समय दिएर जिल्लास्तरबाट छनोट हुने खेलाडीले बन्द प्रशिक्षणको पनि समय पाउनुपर्नेमा जोड दिनुभयो । भलिबल, फुटबल, तेक्वान्दो, कुस्तीलगायतका खेलमा नियमित प्रतिक्षण हुने गरेको भए पनि धेरै खेलमा लामो समयदेखि प्रशिक्षणविहीन छन् ।

निकै सम्भावनाका रुपमा हेरिएको ब्याडमिन्टन खेलाडीले प्रशिक्षक नपाएको वर्षौं भइसकेको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष मीनराज भट्टको भनाइ छ । “ बिना प्रशिक्षकका हाम्रा खेलाडीले राष्ट्रिय प्रतियोगितामा भिड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सरकारको व्यवस्थापकीय कमजोरीले पनि खेलप्रतिको क्रेज घटेको छ ।”

उहाँले खेलकुद प्रतिस्पर्धाका लागि मात्रै नभएर दक्ष र अनुशासनयुक्त जनशक्ति तयार गर्न पनि अतिआवश्यक रहेको बताउनुभयो । यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडी पछिल्लो समय धमाधम विभागीय टिमतिर आबद्ध हुने क्रम बढेको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले खेलाडी आफ्नो भविष्य सुनिश्चितताका लागि पलायन हुने गरेको बताउनुभयो । “खेलाडीलाई संरक्षण गर्ने राम्रो प्याकेज ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो, “राम्रा खेलाडीलाई खेलकुदमा नियमित राख्न सक्ने वातावरण नै तयार हुन सकेन ।”

साताँै बृहत् राष्ट्रिय प्रतियोगिता यता मुलुकमै अब्बल देखिएको कञ्चनपुरको कुस्तीले नवौँका लागि भने खेलाडी उत्पादन गर्नुपर्ने अवस्था छ । “खेलाडी विभागीय टिममा जाँदा यहाँबाट खेल्न अब नयाँ खेलाडी तयार गर्र्दैछाँै”, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो, “पुराना अब तीन÷चार जना खेलाडी मात्रै यहाँ छन् ।”

कुस्तीले लामो समयदेखि प्रशिक्षक हलका लागि गुहार मागिरहेको भए पनि अहिलेसम्म खेलकुदको साँघुरो कोठामा प्रशिक्षण गर्नुपर्ने बाध्यता खेलाडीलाई छ । कुस्ती, क्रिकेट, हक्की, कबड्डी, ब्याडमिन्टन, भलिबललगायतका खेलका राम्रा खेलाडी विभागीय टिममा आबद्ध छन् ।

“नवौँ राष्ट्रिय खेल असोज तेस्रो सातादेखि गण्डकी प्रदेशमा हुने भनिए पनि यहाँ अहिले खेलाडीको फारम दर्ता भइरहेको छ”, भट्टले भन्नुभयो, “प्रदेश खेलकुद परिषद्ले छनोटलाई तीव्रता दिनेछ ।”

उहाँले कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा पदकको आशा गरिएको छ भन्नुभयो । “यहाँ अन्तिम अवस्थामा टिमको सहभागिताले मात्रै नतिजा राम्रो आउँदैन”, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिशप्रसाद भट्टले भन्नुभयो, “सुदूरपश्चिम खेलाडी उत्पादनमा अब्बल देखिए पनि संरक्षणमा भने कमजोर हुँदा खेलाडी पलायन हुने क्रम बढी छ ।”

उहाँले खेलसँगै खेलाडीको संरक्षण र रोजगारीलगायतका विषयमा सोच्नुपर्ने बताउनुभयो । “जीवनभर खेलेर खेलाडीले पाउने सुविधा र संरक्षणको ग्यारेन्टी मात्रै हुनसके खेलकुदको विकासले फड्को मार्नसक्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक योजनासहित लगानी हुनुप¥यो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com