काठमाडौं, साउन २९ । गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ।
पालुङटार नगरपालिका वडा नम्बर ५ चिसापानीमा करिब ३७ वर्षका बुद्धिबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ। गए राति १२ बजेतिर बाटोमा मानिस लडिरहेको छ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले विकको उद्धार गरेको थियो।
उनलाई उपचारका लागि आँपिपल अस्पताल लगिएको र चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले युवाको शव फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। युवाको हत्या आशंकामा तीन जना पक्राउ परेका छन्। उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन।
प्रतिक्रिया दिनुहोस्