ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायधिवक्ता अधिकारीमाथि उजुरी


एबीसी / संवाददाता

रौतहट, १९ साउन । रौतहटको सरकारी वकिल कार्यालयमा कार्यरत एक जिल्ला न्यायधिवक्ता उपर उजुरी परेको छ । न्याय सेवा सरकारी वकिल समुह अन्तर्गत रौतहट जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत जिल्ला न्यातधिवक्ता उदय चन्द्र अधिकारी उपर उजुरी परेको हो । अधिकारीले नेपाल सरकार वादि रहेर विभिन्न मुद्दामा पक्ष विपक्षसग अनावश्यक रकम माग्नुको साथै गरिब, निसाहय तथा आर्थिक रूपमा विपन्न रहेका पक्षसँग सरकार वादी मुद्दाको अभियोग, साक्षी, वकपत्र बहस पैरवी लगायतका कानुनी प्रक्रियाको सिलसिलामा अनावश्यक हैरानी दिएर लाखौं लाख रकम असुल गरिको र अभियुक्तलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिने गरेको भन्दै रौतहटकै गौर नगरपालिकाका पुलिन्दर सहनीले न्याय सेवा आयोग काठमाडौं र अख्तियार दुरुपयोग अनुसनधान आयोग, टंगाल काठमाडौमा उजुरी दिएका हुन । न्यायधिवक्ता अधिकारीले मुद्दा नं. ००–७८–सी –१–३४८ सवारी ज्यान मुद्दामा प्रतिवादी अभियुक्त सग १० लाख रुपैयाँ लिएर अभियोग पत्रका कमजोर गरेको , सवारी अनुमती पत्र समेत नभएका सवारी चालक अभियुक्तलाई दफा १६१(२) लगाउनु पर्ने भनी प्रहरीले राय दिएर पेश गरेकोमा निजी अधिकारी १६१(३) दफा लागाई र मुद्दा व्यहोरा नै कमजोर बनाएर उन्मुक्ति दिएको उजुरीमा भनिएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडा ठुलो परिणाममा लागु ओषध पक्राउ गरि अभियुक्तलाई बुझाए पनि निज सरकारी वकिल उदय चन्द्र अधिकारीले ठोस प्रमाण सबुतको अभाव देखाउँदै अभियुक्त सँग मोटो रकम लिएर मुद्दा नचल्ने निर्णय गरि अभियुक्तलाई लागुओषध जस्तो गम्भीर अपराधबाट उन्मुक्ति दिएको, जसले गर्दा प्रहरी कर्मचारी बीच निराशा उत्पन्न भएको र लागू ओषध ओसारपसार गर्ने प्रोत्साहित भएको उजरीमा उल्लेख रहेको छ ।

यस्तै न्यातधिवक्ता अधिकारीले रौतहटको एक चार वर्षको बालिका अपहरण सम्बन्धि मुद्दामा जिल्ला प्रहरी कार्यालय गौरबाट राय सुझाव सहित पेश भएकोमा सरकारी वकिल अधिकारीले अभियुक्त सँग १५ लाख रुपैया लिएर प्रमाण सबुत कमजोर कमजोर गरि अभियोग नै फिर्ता बनाएको र उन्मुक्ति पाउने दफा लगाएका छन ।

त्यसैगरी गौर जिल्ला प्रहरी कार्यालय बाट चलेको एक चोर मुद्दामा अभियुक्त सँग आर्थिक लाभ लिएर मुद्दा नै कमजोर बनाएको र बहस पैरवि गरेवापत जनही एक लाख तथा पीडित सँग समेत पैसा मागेको तर, नदिए अभियुक्त सँग मिलोमतो गरेर पिडितहरुलाई थप पिडा दिने काम गरेको छन उजुरीमा भनिएको छ ।

कसै कसैको प्रमाण सबुत न भए पनि जाहेरवाला सँग वा नक्कली पीडित सँग साठ्गाठ गरि विभिन्न व्यक्तिलाई सरकार वादी फौजदारी मुद्दाको अभियोग पत्र दर्ता गरि दिएको र पछि अभियुक्त सँग पैसा लिएर मुद्दा नै हार्ने जस्ता कार्य गर्नुको साथै सरकारवादी मुद्दाको स्थगित गर्न प्रती पेशी १०/२० हजार रुपैयाँ लिने गरेका छन ।

जिल्ला न्यायधिवक्ता अधिकारीले विचौलिया परिचालन गरि मुद्दाका पक्ष सँग आर्थिक लेनदेन गर्ने गरेका ह्वाटसप मार्फत कुराकानी गरि घुस लेनदेन कार्य गरेका र पैसा नपाए कुनै मुद्दामा नजाने अनुपस्थित रहेने जस्ता आचरण प्रस्तुत गरि सरकारी वकिलको आचारसंहिता विपरीत कार्या गरि न्याय सेवालाई नै बदनाम गर्नुको साथै गैरकानुनी रूपमा अकुत सम्पती आर्जन गरि आफ्ना परिवार तथा आफन्तका नाममा करोडौं रुपैयाँ सम्पत्ति लुकाएर राखेको उजुरीमा उल्लेख रहेको छ ।

CamScanner 08-03-2022 11.01 (1)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

काठमाडौं, २४ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

सम्बन्धित

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…

काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...