काठमाडौँ, २० साउन । भरतपुर महानगरपालिमा(२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक सञ्चालनमा आएको छ । राति दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको थियो ।शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिनदिनैजसो बाटो बन्द हुने गरेको छ । वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या देखिएको छ । संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र पर्ने गर्छन् ।








प्रतिक्रिया दिनुहोस्