काठमाडौ, १८ साउन । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार बारेको पाठ समावेश गरिएको छ ।
यो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा।परियारबारेको पाठ समावेश गरिएको त्यहाँका पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा। परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उहाँको भनाइ छ ।
यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आउँदो वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने डा. परियारले जानकारी दिनुभयो । पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्