ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीको चौथो लहर : साउनयता कोरोनाबाट १५ जनाको मृत्यु, खोप नलाएका ११ जना


एबीसी / संवाददाता

काठमाडौ, १५ साउन । आइतबार ६२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट भएको १५ औं व्यक्तिको मृत्यु हो । कोरोना महामारीको चौथो लहरसँगै संक्रमितको संख्या मात्र होइन, गम्भीर विरामीको संख्या र मृत्यु पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आईसीयूमा उपचाररत थिए । १४ साउनमा यो संख्या बढेर ३३ पुगेको छ र ४ जना भेन्टिलेटरमा छन् । खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गर्नु परेको पाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार १ साउनयता १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १५ जनामध्ये ११ जनाले कोरोना विरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए । ‘खोप लगाएका मानिसमा पहिला नै कुनै न कुनै रोग प्रतिरोधात्मक क्षमता कम गर्ने दीर्घरोगी छन्’, उनले भने, ‘साउनयता मृत्यु भएका अधिकांश मानिसले खोप लगाएका छैनन् ।’

८ साउनमा मृत्यु भएका ७५ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मिर्गौलाका बिरामी थिए । ११ र १३ साउनमा मृत्यु भएका ६६ बर्षका पुरुष र ७९ बर्षका पुरुष दीर्घरोगी थिए भने १४ साउनमा मृत्यु भएकी ७४ बर्षकी महिला क्यान्सबाट ग्रसित थिइन् । अरु ११ जनाले एक मात्रा पनि खोप नलगाएको पाइएको छ । ‘कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दो छ । खोप नलगाएका मानिसलाई कोरोना संक्रमणले बढी जटिलता ल्याएको र मृत्युदर उच्च भएको पाइएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com