पछिल्लो २४ घन्टामा देशभर थप ६२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६२० जनामा संक्रमण पुष्टि भएको हो।५ हजार ८४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ६५१ जनाको पिसिआर र तीन हजार १९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर चार ५६७ जना सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएको छ। २९७ जना संक्रमित निको भएका छन्।
प्रतिक्रिया दिनुहोस्