ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले अर्थमन्त्रीबारे छलफल गर्दै


एबीसी / संवाददाता

काठमाडौं, १५ साउन । अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज छलफल हुँदै छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।

संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ ।

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले गत असार २२ गते सभामुख अग्नि सापकोटाले छानविन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।

संसदीय छानविन विशेष समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष छ । त्यसैले अब फेरि शर्मा नै अर्थमन्त्रीको रुपमा फर्किन्छन् वा माओवादी केन्द्रले अर्को व्यक्तिलाई अर्थमन्त्री बनाउँछ भन्ने चासो छ ।

यसअघि गत असार २२ गते संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले, शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए । यस सम्बन्धमा आज दिउँसो बोलाइएको माओवादी स्थायी कमिटी बैठकमा छलफल हुने सम्भावना छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने आजको बैठकमा स्थायी कमिटी र पोलिटव्युरो पूर्णता लगायतका विषयमा छलफल हुने बताएका छन् । यसअघि गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका पूर्वनिर्धारित कार्यतालिका हेरफेर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com