काठमाडौँ, १३ साउन । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिएका हुन् ।
पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नुपर्दा केही समय लागेको मन्त्री खड्काको भनाइ थियो । उनले सांसदहरूको संशयप्रति आपत्ति जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्