विराटनगर । उड्नै लागेको यति यति एयरको विमानमा समस्या देखिएपछि विमानबाट यात्रु ओरालिएको छ ।
विराटनगरबाट काठमाडौं उड्न लागेको यति यएरलाइन्सको जहाजमा पनि समस्या देखिएको हो ।
शुक्रबार बिहान साढे ७ बजे काठमाडौं उड्न लाग्दा समस्या देखिएपछि विमानबाट यात्रु ओरालिएको विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी गराएका छन् ।
६० जना यात्रु लिएर काठमाडौं उड्न लाग्दा इन्डिकेसनमा समस्या देखिएको थियो।
अहिले काठमाडौंबाट इन्जिनियर लगेर परीक्षण गरिरहेको पनि खरेलले बताए ।






