काठमाडौं, १३ साउन । काठमाडौंका लागि पोखराबाट उडेको यति एयरलाइन्सको विमानको इन्जिमा खराबी भएपछि पोखरा नै फर्काइएको छ ।आज विहान पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।
जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि जोखिम नलिन पाइलटले पोखरा नै फर्काएका यति एयरलाइन्सले जनाएको छ ।विहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । अहिले इन्जिनियरहरुले जहाजको चेकजाँच गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्