चितवन, ९ साउन । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।कृष्णप्रसादले आफ्नै घरको तीन तला माथी रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भिर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खुकुरी प्रहार गर्ने निजको श्रीमान सोही तीन तला माथीबाट हाम फाली भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको प्रहरीले बताएको छ ।
हाम फालेर भाग्न खोज्दा गम्भिर घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको हो ।








प्रतिक्रिया दिनुहोस्