ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले आफुलाई झस्कायो भन्दै माधव नेपालले दिए कडा चेतावनी


एबीसी / संवाददाता

काठमाडौं, ६   साउन ।   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयबाट आफूहरू झस्केको बताएका छन्। कांग्रेसको गत सोमबार सकिएको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा पाँच वर्ष बहुमतको सरकार बनाउने गरी अहिलेको सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

‘गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ। साथै तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ,’ साउन २ मा सकिएको कांग्रेस केन्द्रीय समितिले यस्तो निर्णय गरेको थियो।

कांग्रेसको यही निर्णयले आफूहरू झस्केको अध्यक्ष नेपाल बताउँछन्। कांग्रेसले अरू दलको पनि अस्तित्व र आधार स्वीकार गरेर जाला भन्ने आशा राखे पनि केन्द्रीय समितिको निर्णयले त्यस्तो आशा राख्ने ठाउँ नदेखिएको नेपाल बताउँछन्।

‘खासगरी नेपाली कांग्रेसको बैठकबाट जुन किसिमको मूल्यांकन आयो यसले हामीलाई अलि शशंकित बनायो,’ इमेज टिभीको हट सिटका लागि पत्रकार जगदीश खरेललाई बिहीबार दिएको अन्तर्वार्तामा अध्यक्ष नेपालले भनेका छन्, ‘उहाँहरूले आफूलाई ६०र७० प्रतिशत सिट चाहिने अनि अरूले एक सिट जित्लान्, ८ सिट जित्लान् भन्ने खालको स्टमेट आइसकेपछि हामीलाई साह्रै नै अवमूल्यन गरियो कि भन्ने लागेको छ।’

कांग्रेसले जतिसुकै दाबा गरे पनि यति धेरै सिट एक्लै जित्न नसक्ने अध्यक्ष नेपालले बताएका छन्। ‘चुनावमा कांग्रेसका कुन९कुन नेता सुरक्षित छन् भन्न सकिँदैन,’ उनले भने।उनले तत्कालीन नेकपाका पाँच जना सचिवालय सदस्यबीच छलफल पनि अघि बढेको प्रसंग निकालेका थिए।

‘समाजवादी केन्द्र बन्ने कुरा ५ जनाको बैठकले तय गर्न सक्दैन। तर पार्टी निर्माण गर्न सक्छ। नेकपाका पाँच जना सचिवालय सदस्यले अग्रसरता लिने कि, नेकपालाई ब्युँझाउने वा नयाँ शीराबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कि भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘चुनावमा मोर्चा बनाएर जान सकिन्छ कि, पार्टीलाई एकीकृत बनाएर लैजान सकिन्छ कि, एकताको कुन स्वरूप वा ढाँचा अबलम्बन जाँदा उपयुक्त हुन्छ भन्नेबारे हाम्रोबीचमा छलफल सुरू भएको छ।’

उनले कांग्रेसले एक्लाएक्लै उठ्दा धेरै सिट जितिने सोचे पनि राजनीतिमा त्यस्तो नहुने बताएका थिए। ‘राजनीतिमा सबैले हैसियत बढाउन अनेक उपाय सोचेका हुन सक्छन्। अनेक तरिका अपाउन सक्छन्। कांग्रेसले पनि अरूको भावनाको कदर गरेर जानुपर्ने होला नि,’ उनले भने।

कांग्रेसको निर्णयबाट झस्कने अवस्था सिर्जना भएको अध्यक्ष नेपाल बताउँछन्। ‘कांग्रेसको निर्णयबाट अवस्य पनि झस्किने स्थिति बनाएको छ,’ उनले भने, ‘भाग लिए लिनुस् नलिए नलिनुस् भने के होला हालतरु सबैको आफ्नो हैसियत छ। हामी पनि दाबा गरौंला९ २८ प्रतिशत उम्मेदवार खडा गरेर ९ लाख मत आएको छ।’

नेपालको राजनीतिमा आफ्नो भूमिकाको खोजी गर्न तत्कालीन नेकपाका पाँच सचिवालय सदस्य बैठक बसेको उनले बताए।नेकपाले अलम्बन गरेका विचार र धारणा २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादका मूल मर्म र भावनालाई सम्मान र आत्मसाथ गर्ने भन्नेबारे प्रश्न उठे पनि त्यसतर्फ भने आफूहरूले छलफल सुरू गरिनसकेको उनले बताए।

उनले नेपालका कम्युनिष्ट र वामशक्तिलाई एकता गर्ने जिम्मेवारी आफूहरूको रहेको बताएका छन्। चुनाव आइसकेकोले छिटो यसबारे छलफल गर्नुपर्नेमा अध्यक्ष नेपाल छन्।

‘कांग्रेसलाई सबक सिकाउनुपर्ने केही छैन। तर कांग्रेसको निर्णयले म पनि झस्केको छु,’ अध्यक्ष नेपालले भने, ‘हामीले धेरै आशा गरेका थियौं। कांग्रेसले अस्तित्व र आधार स्वीकार गरेर जाला भन्ने थियो। तर स्थानीय चुनावमा ७७ जिल्लामा हाम्रो प्रतिनिधित्व होस् भन्ने चाहेका थियौं तर पोखरा महानगरमा केन्द्रित रहेर चुनावी बहस भयो। चार हजार मत आउँदैन भनेका थिए, हामीले जित्यौं।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com