ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीम रावलले संसदको रोष्टम २० मिनेट कब्जा गरेको को दुर्लभ दृष्य (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ४ साउन । बुधबार प्रतिनिधिसभामा भिन्न दृष्य देखियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका भीम रावलले रोष्ट्रम कब्जा गरे । अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भनी उनले सभामुखसमक्ष रुलिङका लागि आग्रह गरे । रुलिङ नगरेसम्म रोष्ट्रम नछोड्ने उनको अडान तोड्न सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक आफ्नो ध्यानाकर्षण भएको बताए ।उनले मन्त्रीलाई जवाफ दिन लगाउने बताए । तर, रावलले मानेनन् ।

सभामुखले आसन ग्रहण गर्नका लागि आदेश नै दिए । तैपनि रावल डगमगाएनन् । २० मिनेटसम्म नडगमगाइकन रावल रोष्ट्रममा उभिइरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक नै स्थगित गरिदिए ।संसद सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङका अनुसार बुधबार संसदमा देखा परेको रोष्ट्रम कब्जाको दृष्य नेपालका संसदीय इतिहासमा पहिलो पटक भएको हो ।‘मेरो जानकारीमा रहेसम्म यो पहिलो दृष्य हो । सभामुखले बस्नुस् भन्दा समेत नमान्ने स्थिति पहिले थियो जस्तो लाग्दैन’ पूर्वमहासचिव गुरुङले अनलाइनखबरसँग भने ।गुरुङ २०५३ देखि २०५८ सम्म संसद सचिवालयका महासचिव थिए । त्यसयता निरन्तर संसदीय गतिविधिलाई नजिकबाट नियाल्दै आएका गुरुङलाई २०५३ भन्दा पहिलेको नेपालको संसदीय गतिविधिको पनि जानकारी छ । २०१५ सालमै संसदीय व्यवस्थाको अभ्यास नेपालले गरेको भएपनि लामो समय टिक्न सकेन ।

२०१७ सालमा पञ्चायत सुरु भएपछि त्यसमै रुमल्लिएको नेपालले २०४६र०४७ सालको जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था हटाएर ०४८ सालबाट संसदीय अभ्यास गर्न पाएको थियो । यस हिसावले नेपालको संसदीय इतिहासलाई कतिपयले खास रुपमा २०४८ सालबाटै सुरु भएको अर्थमा पनि लिन्छन् ।

२०४८ साल यता नेपालको संसदमा अनेकन दृष्य देखा परे । कुर्सी तोडफोडदेखि अर्थमन्त्रीको हातबाट बजेटको बृफकेस खोस्नेसम्मका कार्य भए । महिनौंसम्म संसद अवरोध गर्ने, महिनौंसम्म वेल घेराउ गर्ने कार्य भए । २३ भदौ २०७८ देखि वेल घेरेर नारा लगाउँदै निरन्तर ९ महिनासम्म एमालेले संसद अवरोध गरेको घटना ताजै छ । तर, जानकारहरुका अनुसार, एउटा सांसदले रोष्ट्रम नै कब्जा गरेको दृष्य भने देखिएको थिएन ।

 

https://www.facebook.com/abctelevision/videos/1059704221601952

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com