ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको सरकार बनाउने गरी काम गर्न ओलीको निर्देशन


एबीसी / संवाददाता
श्रावण ४, २०७९ बुधबार   १ : ०९   बजे

काठमाडौं ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि देशको विकास लाई अघि बढाउन एमालेको सरकार बन्नु पर्ने बताएका छन् । अध्यक्ष ओलीले कार्यकर्ताहरुलाई सरका बन्न सक्ने गरी काम गर्न निर्देशन दिएका छन् । बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले विकासर विरोधी र प्रतिक्रियावादीहरुको गठबन्धनको हल्लाले केही नहुने समेत विश्वास व्यक्त गरे ।
‘देशको समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लान सक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ,’ ओलीले भने, ‘यी उद्देश्य प्राप्त गर्ने गरी हामी अगाडि बढ्नुपर्ने छ ।’

राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले बढाउन एमालेको सरकारले मात्र सक्ने ओलीले बताए । उनले भने, ‘एमाले जस्तो पार्टी जसले राष्ट्रियता, जननजीविका, सुशासनका प्रश्न आदिलाई र बाह्य सम्बन्धलाई पनि सन्तुलित र उपयुक्त ढंगबाट बढाएर राष्ट्रिय हितको रक्षा, सम्बद्र्धन गर्न सक्छ त्यो भनेको एमालेको सरकार हो । त्यो एमालेको सरकार गठन गर्न हामीले सक्नुपर्छ आगामी निर्वाचनबाट ।’

ओलीले संवैधानिक व्यवस्था अनुसार आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनैपर्ने भएपनि पनि सरकार षडयन्त्र गर्न लागेको भन्दै आशंका व्यक्त गरेका छन् । गठबन्धन सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको भन्दै ओलीले असंवैधानिक काम नगर्न गठबन्धन सरकारलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group