काठमाडौं, १ साउन । काठमाडौं महानगरपालिकाले संस्कृति संरक्षणार्थ क्रियाशील नेवा समुदायको गुथी खलः हरुलाई छुट्याइएको बजेट कटौती गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको तर आफ्नै आन्तरिक प्रक्रियागत ढिलासुस्तीले उक्त बजेट नदिने सोच बनाएको पाइएको छ ।
नेवा समुदायभित्रकै गुँलाबाजा खलः प्रत्येकलाई २÷२ लाख वितरण गरिसकिएको तर नायः खिँ र धिमे बाजाको प्रतिनिधित्व गर्ने गुथी र त्वा खलः लाई रकम नदिने षड्यन्त्र गरेको भन्दै नेपाल खड्गी सेवा समिति (खड्गी समाज) तथा ज्यापु महागुथी, नेपाः ले तत्काल उक्त बजेट निकासा गर्नुपर्ने भनी माग गर्नुभएको छ ।
महानगरपालिकाको ढिलासुस्ती तथा बजेटमा व्यवस्था गरेर पनि उक्त रकम दिन आनाकानी गरेको तथा बजेट कटौतीको कारणले उत्पन्न हुन सक्ने सम्भावित दुर्घटनाको जिम्मेवार सम्बन्धित निकाय तथा कर्मचारीहरु हुनेछन् भनी संस्कृति संरक्षणको निम्ति निःश्वार्थ भावनाले क्रियाशील समुदायगत संगठनहरु नेपाल खड्गी सेवा समिति ( खड्गी समाज ) तथा ज्यापु महागुथी, नेपाः ले जानकारी गराएको छ ।








प्रतिक्रिया दिनुहोस्