काठमाडौं, १ असार । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नु भन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको बताएका थिए । तर श्रेष्ठले ओलीको उक्त भनाइको खण्डन गर्दै अमेरिकाले दबाव दिएपछि ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा पेश गरेको बताए ।‘पछिल्लो पटक क। केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो’ उनले फेसबुकमा लेखेका छन् ।









प्रतिक्रिया दिनुहोस्