ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिजो ओली सरकारको तीव्र आलोचना गर्‍यौं , आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं : महामन्त्री थापा


एबीसी / संवाददाता

काठमाडौं, ३२ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । सरकारको काम कारबाही र पार्टीभित्र विधान अनुसार गर्नुपर्ने कामको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आलोचना गरेका हुन् । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका थिए । आफू लोकप्रिय हुन पार्र्टीको अनावश्यक आलोचना गरेको, सञ्चार माध्यममा समाचार बन्ने प्रयास मात्र गरेको, सभापतिलाई असहयोग गरेको भन्दै उनीहरुको आलोचना भएको थियो । महामन्त्रीद्वय थापा र शर्माले शनिबारको बैठकमा त्यसको जवाफ दिएका छन् ।

महामन्त्री थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको बचाउ गर्न कठिन भएको बताए । ‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं ? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ? ’ उनले भने, ‘हिजो ओली सरकारको तीव्र आलोचना गर्‍यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’

उनले संवैधानिक परिषद् विधेयक फिर्ता लिन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउन, अर्थतन्त्रको विषयमा गम्भीर बन्न, गलत काम गर्ने मन्त्री हटाउन सभापति देउवालाई आग्रह गरे ।

महामन्त्री थापाले कांग्रेस विधानले सभापतिले गर्ने भनी १३ वटा काम तोकेको र उक्त काम सभापतिले चाहेमा एक हप्ताभित्र टुंग्याउन सक्ने बताए । उनले यदि आफूले नगर्ने भए महामन्त्रीलाई अख्तियारी दिन आग्रह गरे ।

केन्द्रीय सदस्यहरुले महामन्त्री थाप गुटको भेलामा सहभागी भएको भन्दै आलोचना गरेका थिए । जवाफमा थापाले बुढानीलकण्ठ (देउवा निवास)  मा गुटको भेला गर्नेहरुले पार्टी प्यालेमा बैठक गर्नेहरुको विरोध गरेको भन्दै आलोचना गरे ।

‘हिजो बुढानिलकण्ठमा गुटको बैठक बसेर यहाँ आइपुगेकाहरुले पार्टी प्यालेसमा बैठक बसेको भनेर चिच्याउने ?’ उनले प्रश्न गरे, ‘घर हुनेले घरमा बस्छ नहुने पार्टी प्यालेसमा बस्छ ।’सभापति देउवाले आफूलाई मत नहाल्नेलाई जिम्मेवारी नै नदिएको भन्दै मत नहाल्नेले पनि जिम्मेवारी पाउँछ भन्ने देखाए गुट बन्द हुने महामन्त्री थापाले बताए ।

‘भातृ संस्था, शुभेच्छुक संस्था बनाउँदा के सभापतिज्यूको खेमाकै हुनुपर्ने ? सुशील कोइरालाको समयमा देउवाजीले राजीनामा दिएको सम्झिेउन्’ उनले भने । पार्टी सञ्चालनमा विधि नपुगेको ठाउँमा आफूहरुले सभापतिलाई झकझक्याएको भन्दै महामन्त्री थापाले आफूहरुलाई साथ दिनुपर्नेमा उल्टो सभापतिको चाकरी गर्ने र उकास्ने काम गरेको भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यको आलोचना गरे ।

शर्माको प्रश्न ? सभापतिलाई काम गर भन्नु असहयोग हो ?

महामन्त्री विश्वप्रकाश शर्माले विगतमा केपी शर्मा ओली सरकारले गरेको गलत कामको कांग्रेस नेतृत्वले अझै नसच्याएको भन्दै आलोचना गरे । निवर्तमान प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेको शक्ति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएकामा असन्तुष्टि जनाएका हुन् । ‘केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो, एक वर्ष पुग्दा पनि त्यसमा करेक्सन गरिएको छैन’ उनले भने ।

सुशासनको सवालमा पनि सरकार खरो उत्रिन नसकेको र संघ तथा प्रदेशसँग पनि संघीय सरकारले पर्याप्त समन्वय गर्न नसकेको महामन्त्री शर्माले बताए । सरकारले कोरोना भाइरसविरुद्धको खोप, एमसीसी अनुमोदन र स्थानीय चुनाव सम्पन्न गर्नु सफलता भन्दै उनले प्रशंसा गरे ।

महामन्त्री शर्माले मुलुकको अर्थतन्त्रका विषयमा सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन् । महामन्त्री शर्माले सभपति देउवाले भ्रातृसंस्थाको नेतृत्व चयन नगरेको, पार्टीका सहमहामन्त्रीहरुलाई जिम्मेवारी नदिएको,फरक मत राख्नेहरुलाई बेवास्ता गरेको भन्दै सभापति देउवाको आलोचना गरे ।

उनले सभापतिलाई विधान अनुसार काम गर्न घचघच्याउनु असहयोग हो भनी प्रश्न गरेका छन् । ‘विभाग ६ महिनामा बनाउने वैधानिक व्यवस्था छ, बनाऔं भन्नू र बनाउनु, सभापतिलाई सहयोग हो कि असहयोग’ उनले प्रश्न गरे, ‘हजारौं युवा जिम्मेवारी विहिन छन्, भातृसंस्थालाई पूर्णता दिएर सबैलाई परिचालित गरौं भन्नु असहयोग हो ? विरोध हो ? कि संगठनको काममा गति दिउँ भन्ने भावना हो ?’ पार्टीको विधानको दफा २५ को उपदफा ४ मा पदाधिकारीको कार्य विभाजन सभापतिबाट हुने व्यवस्था रहेको भन्दै तर सभापतिले बेवास्ता गरेको बताए ।

महामन्त्रीद्व थापा र शर्मा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने विषय लिएर निर्वाचन आयोगमा छलफल गर्न गएको विषयमा पनि कतिपय केन्द्रीय सदस्यले आलोचना गरेका थिए । महामन्त्री शर्माले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्च अदालतले नै आदेश गरेको र २०७६ भदौ १७ गते कांग्रेसको केन्द्रीय समिति बैठकले पनि निर्णय गरेको बताए ।

‘०७६ भदौ १७ गतेको केन्द्रीय समितिको बैठकको निर्णय नं ८ ले विदेशमा रहेका नेपालीको मतदानको अधिकारबारे सरकारसँग माग गर्दै पहल गर्ने निर्णय गरेको थियो, विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्स मात्रै गनेर बस्न मिल्दैन अब मतदानको अधिकार दिइनुपर्छ, सरकार र निर्वाचन आयोगले पहलकदमी लिनुपर्छ’ शर्माले भने ।

शनिबारको केन्द्रीय समिति बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले पनि धारणा राखेका थिए । त्यस्तै प्रवक्ता डा। प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले धारणा राखेका थिए ।कांग्रेस केन्द्रीय समिति बैठक अब साउन २ गते बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com