काठमाडौँ, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले सिंगापुर पुगेर राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका हुन् ।
बीबीसीका अनुसार श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले त्यहीँबाट राजीनामा पठाएका हुन् ।यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएपनि उनी त्यसअघि नै देश छाडेर भागेका थिए
गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री विक्रमासिंघेले सेना र प्रहरीलाई देशको सुरक्षा स्थिति सम्हाल्न निर्देशन दिएका छन् । देशका आर्थिक संकट बढेपछि प्रदर्शनमा उत्रिएका नागिरकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जामा लिईसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्