काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । हिजो बेलुका एमाले अध्यक्ष ओलीलाई भेट्न मेयर शाह ओली निवास बालकोट पुगेका थिए । भेटका क्रममा शाहलाई ओलीले तबला उपहार दिएका हुन । यसअघि शाहले काठमाण्डौ महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि ओलीलाई भेटेका थिए। मेयर शाहले अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्दै आएका छन ।








प्रतिक्रिया दिनुहोस्