काठमाडौं, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् ।
७३ वर्षीय राजापाक्षे गएराति सैनिक विमानमा चढेर श्रीमतीका साथ देश छाडेका हुन् । मुलुकमा गहिरिँदो आर्थिक संकटका लागि जिम्मेवार ठह¥याउँदै कोलम्बोमा ठूला प्रदर्शनहरु भइहरेका थिए ।
त्यही क्रममा शनिबार प्रदर्शनकारीले उनको निवास र कार्यालय कब्जामा लिए । प्रदर्शनकारीको ठूलो समूह निवासमा प्रवेश गर्दै गरेको देखेपछि भागेका राजापाक्षे कोलम्बोमै लुकेर बसेका थिए । उनी माल्दिभ्सको राजधानी माले पुगेका छन् ।
मुलुकमा आर्थिक संकट आउनुको मुख्य जिम्मेवार राजापाक्षे परिवार भएको भन्दै नागरिक आन्दोलित छन् । राजापक्षका भाइसमेत रहेका पूर्वअर्थमन्त्री बसिल राजापाक्षे पनि देश छाडेर भागेका छन् ।
अमेरिकी नागरिकतासमेत भएका उनी त्यतै गएको बताइएको छ । राष्ट्रपति भागेपछि त्यहाँ आगामी २० जुलाइमा नयाँ राष्ट्रपति चयनको मिति तोकिएको छ । उनको पार्टीले राजापाक्षेले राष्ट्रपतिबाट राजीनामा दिने बताइसकेको छ । राजापाक्षेले बुधबार राजीनामा घोषणा गर्ने बताएका थिए । प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि राजीनामा दिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्