ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी


एबीसी न्यूज
फाल्गुन २, २०८२ शनिबार  ८ : १८ बजे

काठमाडौं, २ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल प्रहरीलाई थप ३ हजार २ सय ७८ वटा गाडी आवश्यक पर्ने भएको छ। निर्वाचन लक्षित गस्तीका लागि मात्र प्रहरीलाई १ हजार ४८२ वटा सवारीसाधन चाहिने भएको हो।नेपाल प्रहरीले चुनावका लागि आफूलाई आवश्यक पर्ने सवारीसाधनको संख्या र प्रयोजन खुलाएरै गृह मन्त्रालयसँग माग गरिसकेको छ। त्यसमध्ये सरकारले प्रहरीलाई १९५ वटा साना गाडी उपलब्ध गराएको छ।

भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई गाडी दिएको छ। तीमध्ये विभिन्न चरणमा गरेर गृह मन्त्रालयमार्फत १९५ वटा गाडी प्रहरीलाई उपलब्ध गराएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए। अझै केही गाडी भारतबाट आउने क्रममा रहेकाले सरकारले प्रहरीलाई थप गर्न सक्नेछ।

यसअघि नियमित बजेटबाट पनि प्रहरीले १८५ वटा सवारीसाधन खरिद गरेको थियो। तर जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा प्रहरीका सवारीसाधनमा क्षति पुगेको थियो। त्यसबराबर प्रहरीले गाडी प्राप्त गरिसकेको भए पनि निर्वाचनका लागि भने अपुग हुने भएको हो। जेनजी आन्दोलनमा प्रहरीका १५१ वटा साना सवारी र ३२ वटा ठूला गाडी जलाइएको थियो। मोटरसाइकल ३२३ र विद्युतीय टेम्पो ३ वटा जलेका थिए। मोटरसाइकल भने प्रहरीलाई स्थानीय तह, विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले पनि सहयोग गरेका छन्। त्यसैले अपुग सवारी पूर्तिका लागि चुनावमा प्रहरीले ठूलो संख्यामा गाडी भाडामा लिने भएको छ। यसअघिका निर्वाचनमा पनि अपुग सवारीसाधन भाडामा लिने गरेको प्रवक्ता काफ्लेले बताए। ‘निर्वाचनमा सधैँ गाडी अपुग हुन्छ नै। सरकारले केही उपलब्ध गराएको छ। अपुग सवारीसाधन भाडामा लिएर काम चलाउँछौँ, त्यसका लागि सम्बन्धित निकायमा माग गरिसकेका छौँ,’ प्रवक्ता काफ्लेले भने। गृह मन्त्रालयले प्रहरीलाई सुरुमा ४० वटा गाडी दिएको थियो। पछि थप गरेर १९५ वटा पुर्‍याएको हो। देशभर प्रहरीका २ हजार ६ सय बढी युनिट छन्।

तर, १० हजारभन्दा बढी मतदान केन्द्र रहेकाले ती केन्द्रमा गस्ती गर्न प्रहरीलाई सवारीसाधन अपुग भएको हो। प्रहरीले १ हजार ४ सय ८२ वटा साना सवारीसाधन माग गरेको छ। यी सवारीसाधन मतदानस्थलको सुरक्षाका लागि मोबाइल गस्ती गर्न आवश्यक पर्ने प्रहरीको भनाइ छ। यस्ता सवारीसाधन भने प्रहरीलाई निर्वाचन अवधि भर नै आवश्यक पर्ने छ। तर अन्य गाडी भने प्रहरीलाई केही दिनका लागि मात्रै चाहिने हो। काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्लामा प्रहरी पठाउनका लागि ४०० गाडी आवश्यक पर्ने प्रहरीले जनाएको छ। काठमाडौँमा प्रहरीको जनशक्ति धेरै छ। तर विभिन्न जिल्लामा आवश्यक संख्या अपुग रहेकाले काठमाडौँ उपत्यकाका प्रहरी प्रधान कार्यालयसहित विभिन्न कार्यालयको जनशक्तिलाई बाहिरी जिल्लामा खटाइने छ। त्यो जनशक्ति सम्बन्धित जिल्लासम्म पुर्‍याउन प्रहरीले ४ सय वटा बस भाडामा लिने भएको हो।

यस्तै विभिन्न जिल्लाका सदरमुकामबाट अर्को स्थानसम्म लैजान १९० वटा बस आवश्यक पर्ने भएको छ। जिल्ला सदरमुकामबाटै मतदानस्थलसम्म सानो संख्यामा प्रहरी लैजान र ल्याउन ७४० वटा साना गाडी ९जिप० आवश्यक पर्ने भएको छ।

एउटा प्रदेशबाट अर्को प्रदेशमा पनि प्रहरीलाई चुनावको बेला खटाइने भएको छ। एउटा प्रदेशमा बढी भएको जनशक्तिलाई अपुग हुने प्रदेशमा लैजाने सुरक्षा योजना छ। त्यस अनुसार प्रहरी लैजानका लागि ४६६ वटा बस चाहिनेछ। यस्ता सवारीहरू भने रुट अनुसार केही छोटो समयका लागि र केही बस दुईतीन दिनसम्मका लागि भाडामा लिनु पर्ने प्रवक्ता काफ्लेले बताए। सवारी र रुट अनुसार आवश्यक भाडा पनि खुलाएर प्रहरीले सरकारसँग माग गरिसकेको छ।


निर्वाचनमा देशभर करिब ७२ हजार नेपाल प्रहरी खटाइने छ। यस्तै नेपाल प्रहरीसँगै एकलाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी पनि खटाइने छ। प्रहरीले माग गरेका सवारीसाधन निर्वाचन प्रहरीको प्रयोजनका लागि पनि हुन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक साथ निर्वाचन प्रहरी भर्ना गरिसकेका छन्। एकमुस्ट भर्ना गरे पनि तालिम भने छुट्टाछुट्टै दिइएको छ। १० दिन तालिम दिएर निर्वाचन प्रहरीलाई एक महिनाका लागि खटाइएको छ। सशस्त्र प्रहरीले पनि १५ हजार बढी निर्वाचन प्रहरी भर्ना गरेको छ। उनीहरूले भने ड्युटी पनि सशस्त्र प्रहरीसँगै गर्नेछन्। यसअघि विमानस्थल, कारागार लगायत विभिन्न स्थानको सुरक्षामा खटिएका प्रहरी पनि निर्वाचनको समयमा मतदानस्थलमा खटिनेछन्। यी स्थानको सुरक्षा जिम्मा नेपाली सेनालाई हस्तान्तरण भइरहेको छ। मत परिणाम सार्वजनिक भएर सुरक्षा अवस्था समान्य बनेसँगै प्रहरी पुनः आआफ्नो जिम्मेवारीमा फर्किने छन्।

हतियार पनि सेनासँग सापटी
ठूलो संख्यामा सवारीसाधन भाडामा लिने तयारी गरेको प्रहरीले हतियार पनि नेपाली सेनासँग सापटी लिने भएको छ। नेपाली सेनाले प्रहरीलाई ३ हजारभन्दा बढी साना हतियार (पेस्तोल) उपलब्ध गराउने निर्णय गरिसकेको छ।यसअघिका निर्वाचनमा पनि नेपाल प्रहरीले अपुग साना हतियार नेपाली सेनासँग सापट लिएरै प्रयोग गर्ने र निर्वाचन सकिएपछि फिर्ता गर्दै आएको छ। यो निर्वाचनमा प्रहरीले ३ हजार बढी पेस्तोल नेपाली सेनासँग माग गरेको छ। प्रत्येक मतदान केन्द्रमा खटिने मुख्य कमान्डरले पेस्तोल बोक्छन्।

देशभरका १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ वटा मतदान केन्द्र रहेका छन्। हरेक मतदान केन्द्रमा छुट्टाछुट्टै कमान्डर खटिन्छन्। यी मतदान केन्द्रमा खटिने कमान्डरका लागि पेस्तोल अपुग भएपछि सेनासँग माग गरिएको हो।

कमान्डरबाहेक मतदानस्थलमा खटिने सुरक्षाकर्मीले ठूला हतियार पनि प्रयोग गर्छन्। मतदान केन्द्रमा पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने सुरक्षा योजना छ।

तर, आवश्यक परे नेपाली सेनाले अन्य सुरक्षा निकाय, निर्वाचन अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर थप सुरक्षा जिम्मा लिन सक्नेछ। निर्वाचनमा कुन सुरक्षा निकायको भूमिका के हुने भन्ने एकीकृत सुरक्षा योजना तयार छ। सोही अनुसार सुरक्षाकर्मीहरू परिचालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com