ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकोटमा यसरी बित्यो चिनियाँ नेता लिउको साढे चार घण्टा


एबीसी / संवाददाता

 

काठमाडौं, २८ असार  । चार दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० विदेश विभागका प्रमुख लिउ चियानछाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा साढे चार घण्टा भन्दा बढी समय बिताउनु भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली निवासमा चिनियाँ उच्च नेताले चार घण्टा समय ब्यतित गरी दुई पार्टीबीचको मित्रता निकै कसिलो रहेको सन्देश प्रवाह गरिएको हो । चिनियाँ नेता लिउ नेतृत्वको टोली आज बिहान १० बजे बालकोट पुगेको थियो भने निस्कदा आएर साढे २ बजेको थियो ।

ओली निवास बालकोटमा उहाँ नेतृत्वको एमालेको टोली र लिउ नेतृत्वमा रहेको सीसीपीको टोलीबीचमा लामो छलफल भएको छ । भेटवार्तामा सहभागी स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला बिभाग प्रमुख डा। राजन भट्टराईका अनुसार दुई पार्टीबीच द्विपक्षीय कुराकानी भएको छ । उहाँका अनुसार लिउ उक्त अवसरमा झन्डै साढे एक घन्टा लन्च खान समय लागेको थियो ।

भेटमा लिउसँग ओलीले नेपाल र चीनबीच कुनै पनि समस्या नरहेको बताउनु भएको छ । ‘नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित छ । विगतदेखि नै हामी एक चीन नीतिमा अडिग छौं र विगतमा जस्तै नेपाली भूमिमा चीनसहित हाम्रो कुनै पनि मित्रराष्ट्रहरुविरुद्ध गतिविधि हुन दिदैनौं,’ ओलीको भनाइलाई उद्धृत गर्दै भट्टराईले भन्नुभयो ।

भेटमा अध्यक्ष ओलीले लिउलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवर्तन आउँदासमेत एमालेको चीन नीति उही रहने प्रस्ट पार्नुभएको छ । ‘हामी पारस्परिक समानता र लाभको आधारमा सम्बन्ध राख्छौं,’ ओलीको भनाई थियो । ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई इंगित गर्दै नेपाल र चीनबीच भएको सहमतिहरुलाई अघि बढाउन पर्नेमा जोड दिनुभएको छ । ‘हिजो दुवै मुलुकको हितको लागि हामीले जे–जे सहमति गरेका थियौं, त्यसलाई अघि बढाउन जरुरी छ,’ ओलीको भनाइ थियो ।

चिनियाँ नेता लिउले नेपाल, नेपाली जनता र एमालेले एक चीन नीतिप्रति खेलेको भूमिकालाई लिएर प्रशंसा गर्नुभएको थियो । आफ्नो धारणा राख्नेक्रममा लिउले चीनले कुनै पनि देशमा हस्तक्षेप नगर्ने र नेपालमा पनि त्यो नहुने प्रस्ट पारेको भट्टराईले जानकारी दिनुभयो ।

‘चीनले नेपाललाई विकास साझेदार रूपमा बढाउँदै आएको छौं र अरु थप अघि बढाउन चाहन्छ,’ लिउको भनाइ थियो, ‘चीनले आफै हिसाबले मार्क्सवादलाई व्याख्या गरेको र नेपालमा तपाईंहरुले आफ्नै हिसाबले व्याख्या गर्नु भएको छ । हामी आ–आफ्नो हिसाबमा अघि बढेका छौं ।’ लिउले एमालेले चीनमाथि लिएको नीतिलाई लिएर उच्च प्रसंसासमेत गर्नुभएको थियो ।

भेटबार्तामा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली र बिष्णु रिमाल, परराष्ट्र मामिला बिभाग प्रमुख भट्टराई, सचिव डा. अञ्जान शाक्यलगायतका नेताहरु सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com