ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ जनालाई ११ कित्ता


एबीसी / संवाददाता

काठमाडौं, २८ असार । हिमालयन हाइड्रोपावरको लिमिटेले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।असार २८ गते, मंगलबार (आज) कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।

असार १५ गतेदेखि कम्पनी आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताको सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको हो ।उक्त आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो । जसमा १ हजार ६११ आवेदकको आवेदन रद्द भएर हुँदा १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोल आईएमई क्यापीटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलप्रथाबाट बाँडफाँट गर्दा स्वीकृत आवेदकमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेको बिक्रि प्रबन्धकले जनाएको छ । यसरी बाँडफाँट गर्दा बाँकी रहेको २ कित्ता सेयर सोहीमध्ये १० कित्ताभन्दा बढीको लागि आवेदन दिने २ जनाले २ आवेदकले थप एक कित्ताका दरले गरी ११ कित्ता प्राप्त गरेको छन् ।

कम्पनीले कास्कीको मादी गाउँपालिका २ मा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com