काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ।
बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या आउँदा चन्द्रागिरिको भालेश्वर मन्दिरमा फसेका ४३६ जना पर्यटकको राति आठ बजे उद्धार भएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। केबलकार आधा घण्टादेखि ४५ मिनेट सम्म बीचमै रोकिएको थियो। इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्