ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुइवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने प्रधानमन्त्री देउवाको भनाई


एबीसी / संवाददाता

काठमाडौं, १८ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनुभएको छ । शनिबार निजगढस्थित ’अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा जानुभएका देउवाले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताउनुभएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले दुइटा रनवेसहित विमानस्थल बनाउँने बताउनुभयो। । उहाँले त्यसका लागि विज्ञसँग छलफल गरिरहेका भईरहेको बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको बताउनुभयो । उहाँले अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश नभएको हुदाँ विमानस्थल बन्ने बताउनुभयो । उहाँले निजगढ एयरपोर्ट राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि बताउनुभयो ।

यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विमानस्थल बनाउन अदालतबाट पनि बाटो खुलेको बताउनुभयो । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गरिनुपर्ने बताउनुभयो । निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आयोजना निर्माणमा सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न विभागीय मन्त्रीहरू पनि निजगढ पुग्नुभएको थियो ।

भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि हुनुहुन्छ । शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गर्नुभएको थियो । वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

सम्बन्धित

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

बालाजुमा आगलागी : घटनाको थप विवरण आउन बाँकी

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com