काठमाडौँ, १७ असार । नेपालबाट अबैध सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरेर कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो ।निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले पुष्टी गरे ।
कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको डीएसपी न्यौपानेले बताए । ‘कालोरङ्को गेडागुडी जस्तो सामान भेटिएको छ, परिक्षणपछि मात्र त्यसको पहिचान होला ।’ डीएसपी न्यौपानेले भने ।सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयबाट कन्टेनर पार गरेको बिषय भने रहस्मय रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार लागु औषध भएको आशंकामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो । भेटिएको कालो गेडाका बिषयमा परिक्षणको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्