ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको नैनितालको स्कुलमा नेपाली विद्यार्थीको मृत्युको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय


एबीसी / संवाददाता
असार १५, २०७९ बुधबार  ५ : ४१ बजे

काठमाडौं, १५ असार । भारतको नैनितालस्थित एक विद्यालयमा आठ वर्ष अघि नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय तोकिएको छ । आज उत्तराखण्डको अदालतले नेपाली विद्यार्थी शान प्रजापतीको मृत्यु प्रकरणमा सजाय तोकेको हो ।

 

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणले नैनितालको प्रतिष्ठित शेरवुड कलेजमा आठ वर्ष अघि भएको घटनामा प्रिन्सिपल अमनदीप संधू र वार्डेन रवि कुमारलाई दुई(दुई वर्ष कारागार र ५०(५० हजारको जरिवाना तोकेको छ ।

प्रजापतीकी आमा नीना श्रेष्ठले भारतको अदालतमा रिट दायर गरी सजायको माग गरेकी थिइन् । घटना सन् २०१४ को हो जतिबेला शान प्रजापती ९ कक्षामा शेरवुड कलेजमा अध्ययन गर्दथे । उनको स्वास्थ्य खराब भएको तीन दिनपछि मात्र कलेजले अस्पताल भतर्ना गरेको थियो । हल्दानीको निजी अस्पताल लगिएका प्रजापतीलाई दिल्ली रिफर गरिएको थियो । उनलाई दिल्ली लाँदालाँदै बाटोमा मृत्यु भएको थियो ।

घटनापछि रिट दायर भएपछि मृतक शान प्रजापती, उनका साथी र कलेजका डाक्टरसहित १५ जनाले बयान दिएका थिए । उनलाई विरामी हुँदा पनि ५ दिनसम्म अस्पताल नलगी कलेजमै राखिएकोले प्रशासनलाई जिम्मेवार ठहराइएको हो । कलेजका चिकित्सकले पनि प्रजापतीको स्वास्थ्य खराब भएको पछि मात्र थाहा दिइएको बयानमा भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com